Categories: बाल कथा

लक्ष्मी प्रसादको जन्म


प्रार्थना खनाल जोशी
सुकेधारा. काठमाण्डौ
हालः स्लाऊ युके

बूढी! पकाउन म पनि सघाउँला , सबै ज़ोरजाम भयो त ?
तीलमाधव देवकोटा भारी जीउकी पत्नीसँग सोधे।
“खै ! आफूलाई केही गर्ने जॉगर छैन । नानीका बा ! यो चाड पनि किन आउँछ ?” राजकुमारी आफ्ना पतिसँग मैना पुगिसकेकाले वेथा लागेको सङ्केत दैखाउँछिन्।
गाउँका घरघरमा सेल रोटी पाकेर बास्नामय भएको छ । गाउँका केटाकेटीहरू सेलरोटी खॉदै रमाउँदै हौसिएका छन्।
घरघरमा गोबर रातोमाटोले घर लिपी लक्ष्मीको पाइला बनाउँदै छन्।
तीलमाधव गाउँकी तल्लाघरे भाउजु र बुहारीलाई गुहार्दै भन्दैछन् “लौन भाउजु राजकुमारी वेथाले छटपटिन लागिन् आउनु न!“
तल्लाघरे भाउजु घरमा बनेका सेलरोटीहरू, तरकारी, अचार, दही , केरा आदि परिकार थालीमा सजाउँदै, “राजकुमारी बहिनी सन्चो भएन ! ल आज यी सगुनका परिकार विस्तारै खाऊ, यो प्रसाद हो, खानासाथ व्यथा सहज हुन्छ। म आगो बाल्छु र तिमीलाई तेल लगाएर सेकाउँछु ! जीउ हलुको हुन्छ, नआत्तिनु ल।” यसरी ढाडस दिँदै मायाँ गरिन्।त्यसैबेला गाउँका अन्य दिदीबहिनी पनि तीलमाघवका घरमा आएको सङ्केत।
उता भर्खर सॉझ परेको छ । घरघरमा महालक्ष्मीको नाममा झिलिमिली बत्ती बालिरहेको थिए। मखमली, गोदाबरी फूलले गाउँघर रङ्गिएको थियो। केटाकेटीहरू भौलो खेल्दै घरघर हिँड्दै थिए।
तीलमाधव घरको पिँढीमा पत्नीको प्रसव पीडाको चित्कार सुन्दैथिए। सहन गर्न नसकी …. देवीलाई गुहार्दै दियोमा बत्ती जलाउँदै आमा र बच्चालाई चॉडै छुट्याऊ प्रभु भन्दै पुकार गर्दै थिए।
भित्रबाट तल्लाघरे भाउजु आइन्, “बाबु हजुरको घरमा सरस्वती र लक्ष्मी भगवतीले आशीष दिँदै पुत्र वरदान दिइन्। हजुरलाई वधाई।“
“हो र भाउजु ? धन्यवाद !
त्यसोभए म उनको नाम पनि लक्ष्मीप्रसाद देवकोटा नै राख्छु।“ तीलमाधव खुसी हु्ँदै भने।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

20 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

21 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago