Categories: बाल कथा

सँस्कृति


तुलसी पण्डित

बेलुका हामी सबै देउसी भैलो खेल्न छिमेकी घरमा जानु पर्छ । आमाको उर्दीले सबै खुशी भए तर रनेले भन्यो।
“आमा म त जादिन।”
“किन ?”
“सबैको घरमा दिपावली चलेको छ । रोटी र नानाथरीको मिठाइको बास्नाले झन् मन्त्रमुग्ध बनाएको छ । आफ्नो पेटमा भने केही चारा परेको छैन ।”
“हेर बाबु यही खाली पेट भएर त भैलो खेल्न जाने भनेको । भैलो खेलेपछि रोटी ,मिठाई ,पैसा, चामल र धान सबै कुरा पाइन्छ । अनि पेट भरी रोटी मिठाई खान पाइन्छ।”
छोरो रने करायो।
“केही पाउन आफूले पनि केही दिन सक्नु पर्यो। न मादल छ। न कुनै बाद्यवादन। न भट्याउन जान्नु छ न नाच्न।”
“ल तँ न आउने भए न आइज हामी त गयौ ?”
रने बिचरा भोकै थियो । तै केही खानेकुरा पाइन्छ कि भन्दै ऊ पनि पछि लाग्यो।
उनीहरूले पहिलो घरमा गएर भट्याउन थाले।
भैलीनी आइन् आगन गून्युचोलो मागन हे औसीबारे गाई तिहार भैलो।
हजार दिनु हात्ती होला सुनको छाती हे औसीबारे गाई तिहार भैलो।
लक्ष्मी आउन् घरमा नजर लाउन् थैलीमा हे औसीबार गाई तिहार भैलो।
घर भित्रबाट आवाज आयो।
“आहा! आमा भट्याउने छोरी नाच्ने छोराहरू छोप्ने। बिचित्र रमाइलो भयो भन्दै घरबेटी आमैले अझै भैलो खेलन भन्दै अनुरोध गरिन्। उनीहरूमा झन् उत्साह छायो।
फेरि घरबेटी आमैले छिन् भरमै नाङ्ला भरी पैसा, चामल ,रोटी, मिठाई ल्याएर दिइन्। सबै खुशी भए। उनीहरूले खुशी हुदै धेरै घर चहारे । मनग्यै पैसा, चामल, रोटी र मिठाइहरू हात लाग्यो।
भैलो हेरेकाहरू सबैले भन्थे। “विशेष चाडको महत्व एकआपसमा सहयोग ” केही समय खेलेर घर गएपछि रनेले आश्चर्य मान्दै सोध्यो।
“आमा आज त अचम्म भयो । अब हामीलाई तिहार मान्न कुनै कठिनाइ हुने छैन। अझै कति छन् भैलो खेल्ने दिन।”
“हेर छोरा हाम्रो सँस्कृति नै यस्तो छ जहाँ चाँडबाडको बेला सबैले दिल खोलेर सहयोग गर्छन्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

23 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

24 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago