“कानको मुन्द्री”

तुलसी पण्डित

आमा मत स्कुल गइन है । “हैन के भन्छ यो ?” “हो आमा स्कुलमा कडा नियम लादिएको छ ।” ” के नियम हो बाबु त्यो ?” “के भन्ने आमा आज सरहरुको न राम्रो संँग हप्की दप्की खान पर्यो ।” “किन बाबु ?” “आमा म तपाईलाई यि कुरा कसरी भन्यौँ ? म यस कुराले आफैं प्रताडित भएको छु । फेरि तपाईलाई त्यसको भार बोकाउन चाहन्न ?” “भनन बाबु म समाधान गर्ने कुनै उपाय निकालौला ।” “आमा मैले लगाउने ड्रेस सबै च्याँतिएर काम न लाग्ने भयो । जुत्ता पाइट सट सबै धुजा धुजा भएका छन् । लाउन हुने सम्म लाएकै हो । अब लगाउन मिल्दैन ।

सरहरु एकोहोरो ड्रेस खोइ लगाएर आएको भन्नुहुन्छ । अब ड्रेस लगाएर न गए स्कूलको गेटबाट मलाई छिर्न न दिने रे ?” “तिमीले आफ्नो अवस्था बताएनौ सरहरुलाई ?” ” भनेकै हुँ तर गरीवको पिडा प्रति उहाँहरुको सहानुभूति भए पो । झन् उल्टै बकुल्लाको बथानमा काग कसरी आयो भन्नु हुन्छ ।” “हेर गरीव भए पनि तिमीले सफलता हासिल गर्दै गएका छौ अब शिखर चुम्नु छ । दश कक्षाको पढाइ त झन् छोड्नु हुँदैन बरु तिम्रो जुत्ताको साइज र पुराना सटपाइन्ट देऊ । म आज दिन भरीमा कुनै उपाय निकाल्ने छु ।” आज पनि छोरो अँध्यारो मुख लगाएर घर आयो ।”आमा आज म झन् स्कूलको गेटबाट भित्र छिर्न नै पाइन ।” “अब ढुक्क भएर पढ्न जाऊ बाबु मैले तिमीलाई सबै कुराको ब्यवस्था गरे । बरु मिल्छकि मिल्दैन लगाएर हेरत ।” छोरो जिल्लियो । घरमा खाने गहुँको पिठो छैन । यति धेरै सामान कसरी आई पुग्यो । छोरो त्यही ड्रेस लगाएर स्कूल जान थाल्यो । स्कूलबाट फर्किएर आएपछि उसको आँखा आमाको कानमा पुगे । मुन्द्री छैन । “आमा मुन्द्री खैं ?” ” हो बाबु मेरो अरु कुनै उपाय थिएन । मैले तिमीलाई त्यै मुन्द्री बेचेर ड्रेस किनिदिएको हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

14 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

14 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago