Categories: बाल कथा

“होस”

निर्मला बराल,
भक्तपुर सानो ठिमी

कलशको जलमा आफूले लगाएको कानको ढुंग्री चोबलेर शरीरमा छर्कदै कड्किनु भयो हजूरआमा । “अचेलका केटीहरु छुई छाई र चोखोनितो के हो ठ्याक्कै जान्दैनन् ! परपर भएर हिड्न जान्दिनस्? पहिलो पल्ट मासिक धर्म हुँदा माइतीको धुरी र लोग्ने मानिसको अनुहार नहेर्नु भन्थे उहिले, अहिलेकालाई पटक्कै ज्ञान नभएको ! लाज, धर्म केही रहेन बा !”
हजुरआमाको कुरो काट्दै नातिनीले बुझाउने प्रयास गरिन् । “हत्तेरिका हजुरआमा! यी सब कुरा साँघुरो मानसिकताका पुरातन सोच मात्र हुन् ! विचार फराकिलो राख्ने हो । यस्तो बेला सफा सुग्घर रहनु चाहिँ प्रमुख कुरो हो, यो कुरामा चाहिँ विज्ञान पनि सहमत छ ।”


“नाप्पिस् तेरा विज्ञान ! लाज, घिन राख नानी ! छरछिमेकमा इज्जत नरहला तेरा !” कसैले सुन्यो कि भनेर संकोच मान्दै हजुरआमाले दायाँबायाँ पल्याकपुलुक हेर्दै भन्नुभयो ।
लुकाउने छिपाउने कामै छैन्, अहिले पुस्तकमा नै छन् , यि सबै कुराहरु । मासिक धर्म बारे विद्यालयमा गुरूबा-गुरूआमाले हामीलाई सम्झाई बुझाई गरिरहनु हुन्छ, हजुरलाई के थाँहा !”
हजुरआमाले पुर्पुरोमा हात राख्नु भयो। “हे भगवान, अहिलेका पढाईले पनि मान्छे सब बिगार्ने भए । के कलि आयो यो ? लु लु तिमेरु जे जे मन लाग्छ त्यही गर तर म धर्म गर्नेलाई छोएर मेरो धर्म नष्ट चाहिँ नगर !” यति भन्दै हजुरआमा नातिनीलाई छोइएला भनेर पर्तिरबाटै तर्किएर हिँड्न खोज्दा उहाँका गोडा अल्झिए । उहाँ पिँढीमा डङ्रङ्ग पछारिनु भयो र बेहोस हुनु भयो । नातिनीले तुरुन्त अस्पताल लगिन हजुरआमालाई ।
दुईघण्टापछि बल्ल हजुरआमाको होस् आयो ।
“ल बधाई छ आमा, अर्को जन्म पाउँनु भयो ! यति असल नातिनी रहिछन् तपाईँकी र समयमै अस्पताल ल्याइछन् । नत्र, एकछिन पनि ढिला भएको भए, ज्यानपनि जान सक्थ्यो !” डाक्टरले बताए ।
आँखाभरी आँसु पार्दै छेउमा उभिएकी नातिनीको हात समाउँदै, उनको हत्केलामा म्वाई खानुभयो र सानो स्वरमा बोल्नु भयो हजुरआमा ।
“ नानी, मेरो होस मात्र आएको हैन, होसपनि खुल्यो !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

7 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

7 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago