Categories: बाल कथा

“भोक”

राजेश भट्टराई
सैनामैना११,रुपन्देही

चन्द्र प्रसादको छोराले पानी नचल्ने जातको छोरी भित्र्याए। पारो तात्यो उनको भने “कान्छो छोरो भनेर माया गरेको, टाउकैमा टेकिस्।”
“कसैको टाउकोमा टेकेको होइन मैँले। माया गरेको हुँ। चोखो मायाले जात हेर्दैन् ।”जवाफ दियो उसले।
“अझ बाउसँग मुखमुखै लाग्छस् ? लाज पचाएर। निस्किहाल घरबाट।”
“निस्किन्छु। यस्ता पाखण्डी सित बस्नु पनि छैन” भन्दै निस्कियो।
नजिकै एउटा टुक्रो घडेरी किनेर सानो घर बनाई बस्यो।
जेठो छोरो अमेरिका पलायन भयो। माइलो छोरो मकाऊ गएको,उतै जुवामा भुल्यो। घर नै फर्केन। एक मात्र छोरीलाई ज्वाइँले जापान लिएर गए। बुढीलाई क्यान्सरले लग्यो। एक्लो बने उनी। आफैँ पकाएर खान थाले।
कतै जान थाल्दा बुहारीलाई देखे भने गाली गर्थे।”कुजात, देखिन आइस। मेरो साइतै बिग्रने भयो।”
“तपाईँको नजरमा कुजात भएपनि तपाईँकै छोराको नजरमा त लक्ष्मी हुँ। धेरै नहेप्नुस् । पाँच रुपैयाँ खाइदेको छैन तपाईँको। आफ्नै पौरखको कमाई खाएका छौँ”।जवाफ दिन्थिन्।
बुढ्यौली लाग्यो। तरपनि सकी नसकी आफैँ पकाएर खान थाले। तर पछि सकेनन्। भोकले छट्पटिएर लतारिँदै गए छोराको घर र भने “बुहारी खान देऊ।”
“म कुजातले पकाएर दिएको पनि खानुहुन्छ र ?”
“लज्जित नबनाऊ मलाई। माफ गर।”भन्दै घोप्टी परेर पल्टे।
उठाइन्। बरबर आँशु झरेका थिएँ। पुछिदिइन् र भनिन् “पीर नगर्नु हामी छौँ। पहिलाको सबै वचन भुलेर सेवा गर्छौ।”
समातेर भित्र भान्सामा लगेर गुन्द्रीमा बसालिन्। एक बेला पानी र सानो बाटा ल्याइन् र ‘हात धुनुस्’ भनेर पानी खन्याइदिएर हात धुन पठाइन्। थालमा भात, तरकारी र कचौरामा दाल पस्केर ल्याइदिइन्। ठुला ठुला गाँस खान थाले।गला लाग्यो। हत्त न पत्त पानी ख्वाइदिइन्। अनि भनिन् “नआत्तिकन सानो सानो गाँस खानुस्।”खाँदै भने “घर भित्रकै देवीलाई आजसम्म चिन्न सकिनछु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

13 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

14 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago