Categories: बाल कथा

“उपहार”

तुलसी पण्डित

साँच्चै ! हो वीरे दाइ जागिर खुवाउने हो ? हो कस्तो न पत्याएको ? यहाँ बसेर किन दुःख गर्छौ । जागिर खाएपछि कति आनन्द हुन्छ । रेल चढी शहर घुम्न पाइन्छ । मीठो मीठो खान पाइन्छ । आँफूले चाहेको लगाउन पाइन्छ ।
वीरेको कुरा सुन्दा चमेलीलाई हो क्यारे जस्तो लाग्यो । यहाँ बसेर सधैँ दुःख गर्नु भन्दा विदेश गएर जागिर खान बेस ठानी । उसले भनी । “वीरे दाइ तपाईको म माथि त्यस्तो कृपा छ भने म जागिर खान तयार छु ।” वीरेले पनि यस्तै मौका खोजिरहेको थियो ।
एक बिहानै चमेली हराइ । गाउँमा खोजी भयो । कतै पत्तो लगाउन सकेनन् । चमेली कोठीमा पुगी । लाने मान्छे फर्केर आएन । चमेलीले आँफू बेचिएको कुरा पछि थाहा पाई । रोइ कराइ तर त्यहाँबाट छुटकारा पाउन सकिन ।
वीरे गाउँको वडाअध्यक्षमा उठ्यो । उसले चमेलीलाई बेचेको पैसा खर्च गर्यो । चमेलीको बाबा आमा र गाउँलेहरुको सहयोगले अध्यक्ष पद हत्यायो ।


बीरेले जितेकोमा उत्सव चलि रहेको थियो । त्यसैबेला चमेली गाउँ आइपुगी । उसले सबै कुरा बुझी । चमेली मौकाको ताकमा थिइन् । उनले भनिन् । “वीरे दाइ म तिम्रो स्वागत गर्छु । तिम्रो यो खुशीयालीमा भव्य स्वागत गर्न पाउँदा म खुशी छु ।” उनले वीरेको मुखमा हात पुर्याइन् । बीरे करायो । “हैन यो के गरेको तिमीले । मुख भरी कालो मोसो दलेर ।” चमेलीले मुठ्ठी कस्दै भनिन् । “यो सानो उपहार हो । अरु त बाँकी नै छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

21 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

21 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago