दिनेश निरौल
चिसंखुगढी१, ओखलढुंगा

“बाबा आज कथा नपढ्ने ?” बिहानै उठेर नित्य कर्म गर्दै गर्दा उसले भन्यो।
“नियमित पूजापाठ सकेर पढ्ने त ” मैले भनेँ ।
“आज देखि मेरो पढाइ हुन्छ चाँडै गर्नुन ।” उसले हातमा फूलपाती लिएको थियो।
नौ बर्षको छोराले स्वस्थानीको कथामा ध्यान दिएको देख्दा मन मनै खुशी लाग्यो।
कथा पढी सकेँ उसले फूल राखेर पुस्तक ढोग्यो।
“बाबा बिरभद्र र महाकालीले दक्षप्रजापतिलाई मारे अनि बचाए पनि हैन” उसले भन्यो।
“अँ हो त तिमीले सही बुझ्यौ” मैले भनेँ ।
“अहँ मैले बुझिन बााबा हजुरले बुझ्नु भएकोे भए मलाई बुझाउनु न” उ उत्साहित भयो।
“के बुझेनौ ?” मैले सोधेँ।
“टाउको काटिएको दक्षप्रजापतिलाई बचाउन सक्नेले आगोमा हाम्फालेर मरेकी सतीदेवीलाई किन नबचाएको” उ थोरै उत्तेजित भयो।
“अरुको कारण मरेकोलाई बचाएकोे र आफैँ आत्माहत्या गरेकोलाई बचाउन नसकेको हुनुपर्छ ।” मैले अनुमानित उत्तर दिएँ।
“कथाको सार बुझेँ । नजानेर गल्ती भए क्षमा हुन्छ। जानिजानी गरे हुँदैन” उ भान्सामा पस्यो।
म कथामै घोत्लिएँ ।” किन महादेवले सतीदेवीलाई नबचाएको ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

13 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

13 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

14 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago