अम्बिका धिताल
कमलविनायक भक्तपुर

“मलाई त जसरी भए पनि किन्दिनै पर्छ।”
पल्लो कोठामा छोराले आमालाई भनेको कुराले शिवराम झस्किए। निकै बेर ठन्डा बनाएर केही उपाय लगाउन सकिन्छ कि भनी चिस्याएको दिमाग आफ्नो वशमा थिएन ।
फोनको घण्टी बज्यो। शिवरामलाई पटक्कै फोन उठाउन मन लागेन । दोहोरिएर फोनको घण्टी बजेपछि उसले यसो फोनमा नम्बर हेर्यो। नयाँ नम्बर रहेछ। आशाको नजरले हेर्दै उसले फोन उठायो। हलो भन्न नपाउँदै उताबाट आवाज आयो,” किन शिवराम बिहानै देखि फोन गरेको उठाइनस् ? खाएपछि बेलैमा तिर्नुपर्छ भनेको थाहा छैन ?”
शिवरामले दोहोरो संवाद नगरी फोन राखे । बुढी आएर सोधिन्,”कसको फोन रहेछ ? कामका लागि फोन आएको हो ? ” शिवरामको बोली फुटेन। बुढी फोरी बोलिन्,”चारघण्टा मात्र काम पाए पनि यसो नुन तेलको जोहो हुन्थ्यो। यसपालि के भएको होला। अब सबैले आआफ्नो काम आफैँ गर्न थाले कि क्याहो ?” यसपालिको हाम्रो दशैँ त……..।”
शिवराम मौन भई भित्तातिर फर्केर बसेका थिए ।
“के हो शिवे छ /छ महिना भइसक्यो भाडा दिएको छैन। दशैँमा त देला भनेको आज फूलपाती भइसक्यो अत्तोपत्तो छैन।बेलुकासम्म नदिए अर्को मान्छे राख्छु।”
घरबेटीको चर्को आवाज सुनेर पल्लो कोठामा बसेको छोरो दौडँदै आएर भन्यो,”बाबा भन्नु त किन कोही मान्छे धनी र कोही मान्छे गरीब भएका?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

10 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

11 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

1 day ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

1 day ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

1 day ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

1 day ago