उद्धव उद्भाव
सानाे ठिमी भक्तपुर
ढाक्याे लेउ आँगनीमा घाम आएन
रित्ताे वस्ती चाडबाड खुसी छाएन
बुढा बाबा बुढी आमा दलानमा बसी
फुकाउँदै कुरा गर्छन् सम्झनाका दसी
खुसी दिने लाला बाला कता गए आज
शरदकाे चन्द्र पनि राेए जस्ताे साँझ
ढाक्याे लेउ……….
गाेदावरी फुल्न छाडी गन्दे फूल फुल्याे
गल खेत बारीभरि बनमारा झुल्याे
सँधै बल्ने दियाे घरमा दीप जलेन
रित्ताे घर आमा बाकाे चुल्हाे बलेन
ढाक्याे लेउ………
आऊ आऊ नाैजवान घर सम्झी आऊ
बाबाआामा साथ रही चाडवाड मनाऊ
स्वर्ग जस्तै जन्मभूमि संस्कृति पहिचान
आफ्नै भूमि सिर्जनामा बढ्छ हाम्राे शान
ढाक्याे लेउ………..
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…