Full length shot of a young mother and her little daughter working on the family farm
दुर्गा पौड्याल
रुपन्देही, शंकरनगर
तराईको गाउँमा हाम्रो खेत अनि घर छ
हाम्रो परिवार किसान हो खेतीपाती गर्छ ।
छिमेकीमा मिलिजुली खेती गर्छौँ हामी
धान गहुँ नफलाए हाम्ले के हो खानी ?
दाल अनि तरकारी नि खेत मै फल्ने जात
दाल तरकारी सागपातसँग खान्छौँ हामी भात ।
सबैथोक फलफूल पनि किसानले नै लाउँछन्
फलेपछि किसानले आम्दानी नि गर्छन् ।
ब्यापारीले किसानका खेतमै पुगी लिन्छन्
सहर बस्ने मानिसहरु किनेर त्यही खान्छन् ।
सहरीयालाई पाल्ने पनि किसान नै हो हेर
दालभात धेरै पकाएर फाल्नु हुन्न खेर ।
बाँच्नलाई चाहिने सब्लाई उही अन्न पानी
बाँझो राख्न हुन्न जमिन आवश्यकता जानी ।
बाबालाई सघाउँछौँ काम गर्दा हामी
हाम्लाई पनि खानुपर्छ भन्ने कुरा जानी ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…