तुलसी पण्डित

छोरी अनुपा परमसुन्दरी छे। कृषिमा डिप्लोमा पास गरेकी छ उसले । पढाइ सकेपछि विबाहको लागि कति ठाउँबाट माग्न आए तर उनले मानिनन् । उनी भन्छिन् ।
“बाबा यो देश नेपालमा पनि कोही बस्छ । म त विदेश गएको केटासँग मात्र बिहे गर्ने हो ?
छोरी त्यसो न भनन । अहिलेको केटा धेरै राम्रो छ । कृषिमा डिग्री गरेको । फेरि अधिकृतमा नाम निकालेको छ ।
बाबा त्यस्ता केटा मेरा लागि योग्य हुँदैन । म आफू विदेश जाने भए पछि त्यस्तो यही बस्ने केटो के काम । बरु थोरै पढेको भए पनि विदेश गएकै ठिक हुन्छ ।
कोरोनाको हल्लासँगै विदेश जाने लहर सकियो । अहिले त विदेश जानेहरुको रुवाबासी निकै चर्को छ । धेरैलाई कोरोनाको संक्रमणले छोएछ । कतिले त्यसैबाट मृत्युुवर्णन गर्नु परेको छ । अहिले विदेश गएकाहरु आफ्नो देश फर्कन लालायित छन् । उनीहरु भन्छन् । घर मात्र जान पाए अबत के आइन्थ्यो र विदेश । बरु आफ्नै खेतबारी खनेर हराभरा बनाउने हो ।
विदेश गएकाको क्रन्दनले अनुपाको मन भाँच्चिएको छ ।पहिले विदेश गएका केटा सँग विबाह गर्न लालायित थिइन् उनी ।

अहिले विदेश जाने केटा भन्दा आफ्नै देशमा बस्ने केटा सँग विवाह गर्न ठिक भन्ने सोचेकी छन् । समयको परिवर्तन गजब छ ।
छोरी विदेश गएको केटाको कुरा आएको छ । कोरोना आउनु भन्दा पहिले आएको रे । अब कोरोनाको अन्त्य भए पछि जाने रे । कुरा चलाऊँ नानू ?
बाबा अब विदेश गएको केटा सँग विहे गर्ने दिन सकिए । म त आफ्नै देशको माटोमा रम्ने हो । आफ्नो पौरखले यही माटोमा बाँच्ने हो । यै देशलाई बनाउने हो । म आफ्नो रगत यही देशमा सिञ्चित गर्न चाहन्छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

3 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago