दिनेश खत्री”एकल यात्री
मन्थली नं.पा.१३ रामेछाप
बाबु, नानी भाले बासी,
सक्याे उठ्ने बेला भाे !
बिहानैकाे शारिर फुर्ति ,
राख्न कुद्ने बेला भाे !
हाेमर्क हरु के छ नानी ,
गर्न बाँकी छ कि छैन?
बाँकी भए गर बाबु नानी
साथी जुट्ने बेला भाे!
हुन्न अब पनि धेरै खेल्ने
बाेल्ने बानी खराब भाे।
अब देखि बाबू नानी काे
बालपन छुट्ने बेला भाे!
बाबू, नानी आज तिम्रो
खाजा टिफिन भित्र छ।
बाबू नानी छिटाे गर
टि-टि आईपुग्ने बेला भाे!
खै खै बाबू नानी आज
हाम्रो पानी भर्ने पालाे हाे।
बाबू नानी कति बज्याे
भर्छु पानी सुक्ने बेला भाे!
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…