Categories: कविता

“किसान हाँसेपछि”


भगवतीप्रसाद शर्मा

हेमन्त आएछ शरद् गएर
ल्यायो गुणी मङ्सिर पो! चुनेर
बढे भकारी करमा कलाले
किसान हाँस्छन् मजले खुलेर।

प्रसन्न सारा जब खान पाए
घुर्छन् परेवा गुँडका रमाए
मयूर नाच्छन् बुझ यो पलामा
झन् कोइली गाउँछ ती खलामा।

हेमन्त साँच्चै रसिलो बनेर
आएछ हाम्रा दुख यी बुझेर
जाडो न गर्मी न त हुन्छ बर्षा
किसानका माझ दिनेछ हर्ष।

बयान मीठो ऋतुको भनेर
हाँदै छ हेमन्त उता बुझेर
साँच्चै अनौठो ऋतुको कला छ
बिस्मात आनन्द बराबरी छ।

वसन्त डाकी पनि छैन चैन
राम्रो त ठानिन्छ शरद् छ छैन
हेमन्त आधार दिनेश हुन्छ
किसान हाँसेपछि देश बन्छ।

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

22 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

22 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

23 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago