Categories: Uncategorized

जिज्ञासा


सत्या अधिकारी
सानेपा, ललितपुर

सबैतिरबाट सुंँक्क सुंँक्क आवाज आइरहेको थियो। कोही खोक्दै थिए कोही सिंँ सिंँ गर्दै थिए। प्रायः सबैका हात आँखातिरै देखिन्थे। चलचित्र हल खचाखच भरिएको थियो।
हेर्दै गर्दा लाग्यो, “समृद्ध नेपाल सुखी नेपालीको नारामा मात्र बाँचेका हामी नेपालीहरुलाई आफ्नो पन कति प्रिय रहेछ?”
हलमा दर्शकको उपस्थिति र लगाव देख्दा लाग्यो , सरकारले हाम्रो दुःख नदेखे पनि, पीडा नबुझे पनि नेपाली आपसमा भाइचारा, माया र प्रेम रहेछ भन्ने कुराको पुष्टि देखिन्थ्यो। म खुसी भएँ।
सिनेमा क्लाइमेक्समा पुग्यो। पर्दामा एउटा बाबुले आफ्नो सन्तानको लागि देखाएको अदम्य साहस र दुःख हेर्दा मन भक्कानियो। के सम्झेर हो कुन्नि ? ढुङगाको जस्तो मन भएका उनी पनि खुब रोए। छेउमै बसेको छोरोले कहिले मलाई कहिले उसको बाउलाई हेर्दै अँध्यारो मुख लाउंँथ्यो।
एकछिनपछि पर्दा विज्ञापन आयो। त्यै बेला आफ्नो बाबुतिर पुलुक्क हेर्दै ऊ बोल्यो , ” बाबा! किन रुनु भएको ? सिनेमाको बालाई देखेर कि आश्रमको बालाई सम्झेर ? “

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

2 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

2 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago