Categories: Uncategorized

जिज्ञासा


सत्या अधिकारी
सानेपा, ललितपुर

सबैतिरबाट सुंँक्क सुंँक्क आवाज आइरहेको थियो। कोही खोक्दै थिए कोही सिंँ सिंँ गर्दै थिए। प्रायः सबैका हात आँखातिरै देखिन्थे। चलचित्र हल खचाखच भरिएको थियो।
हेर्दै गर्दा लाग्यो, “समृद्ध नेपाल सुखी नेपालीको नारामा मात्र बाँचेका हामी नेपालीहरुलाई आफ्नो पन कति प्रिय रहेछ?”
हलमा दर्शकको उपस्थिति र लगाव देख्दा लाग्यो , सरकारले हाम्रो दुःख नदेखे पनि, पीडा नबुझे पनि नेपाली आपसमा भाइचारा, माया र प्रेम रहेछ भन्ने कुराको पुष्टि देखिन्थ्यो। म खुसी भएँ।
सिनेमा क्लाइमेक्समा पुग्यो। पर्दामा एउटा बाबुले आफ्नो सन्तानको लागि देखाएको अदम्य साहस र दुःख हेर्दा मन भक्कानियो। के सम्झेर हो कुन्नि ? ढुङगाको जस्तो मन भएका उनी पनि खुब रोए। छेउमै बसेको छोरोले कहिले मलाई कहिले उसको बाउलाई हेर्दै अँध्यारो मुख लाउंँथ्यो।
एकछिनपछि पर्दा विज्ञापन आयो। त्यै बेला आफ्नो बाबुतिर पुलुक्क हेर्दै ऊ बोल्यो , ” बाबा! किन रुनु भएको ? सिनेमाको बालाई देखेर कि आश्रमको बालाई सम्झेर ? “

सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

6 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

7 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

7 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago