राधा आचार्य
बुटवल ,रुपन्देही
ए तारा! ए तारा! तिमी बस्ने ठाउँ
कस्तो होला!कस्तो होला!
लाग्छ हेरी आऊँ
ए जून! ए जून! तिमी बस्ने ठाउँ
कस्तो होला! कस्तो होला!
लाग्छ हेरी आऊँ।
धेरै धेरै तारा छन् थालजस्तो ठाउँ
भन्नुहुन्छ बाबाले ताराकै हो गाउँ
जून त्यहीँ बसेको के होला त नाउँ
सबको गाउँ एउटै हो आकाशगङ्गा नाउँ
कत्ति राम्रो नाम हो लौ लौ हेर्न जाऊँ
हेरी फर्की आऊँ
तारा बस्ने गाउँ
जून बस्ने गाउँ
थालजस्तो ठाउँ
आकाशगङ्गा नाउँ।
श्रोतः नेपाली बालसाहित्य
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…