सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
वसन्त या वर्षा ऋतु
छुट्याउन गाह्राे
बर्सिएर पानी धेरै
भयाे रे चटाराे।
किसानले खेतबारी
खन जाेत गरी
चिरिच्याट्ट पारे मेलाे
बिउ बिजन छरी।
माटाेसँग नाता जाेड्ने
माटाेमै रमाउने
खनी खाेस्री सधैंभरि
धर्ती सजाउने ।
हँसिला र रसिला छन्
छैन रिस राग
लाग्छ उनकाे जीवन नै
सुन्दर हाे वाग।
मेहनत गर्नुपर्छ
अन्न फलाउन
किसानबाट सिक्नुपर्छ
जीवन चलाउन।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…