राजेश भट्टराई
सैनामैना११,रुपन्देही
“सीता अन्टीको घरमा चोर्नेहरु त पक्राऊ परेछन् नि” भनिन् उनले आफ्नो श्रीमानलाई।
अ नि, एउटा पुलिसको हवल्दार,एउटा जवान अनि एउटा त पुलिसको रिटायर्ड वरिष्ठ हवल्दार रैछ।”रहस्य खोल्दै गयो उसले पनि।
“कसरी पक्राऊ परेछन् नि?”
“चोरेर भाग्दै गर्दा छिमेकी रमाको घरको शिशी क्यामराको पहुँच भित्र परेछन्। त्यहीँ हेरेर पहिचान गरेछन्।” “कहाँ पक्राऊ परेछन् ?” अझैँ जान्न खोजिन्।
“बोडरमा।चोरेर इण्डिया भाग्न खोजेका।”
बाऊ आमाको यी संवादहरु सुनिरहेको उनीहरुको नाबालक छोरो दिपेश एकछिन ट्वाल्ल पर्यो। अनि केही समय पछि बाबालाई भन्यो।
“बाबा हजुरलाई एउटा कुरा सोध्छु है त।”
“सोध बाबु।”
“हजुरले चोर्नु हुँदैन। चोरे पुलिसले समात्छ भन्नु भएको हैन र ?”
“हो।”
“अनि सीता अन्टीकोमा त पुलिसले नै चोर्यो। अब चोरलाई कसले समात्छ ?”
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…