Categories: कविता

“कुकुर मेराे साथी”


आहान पाैड्याल

खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर
कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।

मैले जिद्दी गरेपछि घरमा आयाे छाउरेा
आमा मेरी भन्नुभयाे यही तिम्राे पाहुर हाे।

खैराे कालाे राताे रंग छ ,दुईथरि आँखा छन्
सेताे खैराे आँखा देख्दा हेर्ने मान्छे दंग छन्।

आमाबाट खैराे आँखाे, बाउकाे पायाे सेताे
नाम त्यस्ले पायाे यहाँ अचम्मकाे काेकाे।

दिनभरि भित्र बाहिर ,छत काेठा धाउँछ
रातभरी सुत्न उस्लाई ,खाेर जस्ताे ठाउँ छ।

जुत्ता चप्पल देख्नै हुन्न टाेकी टाेकी भ्याउँछ
लत्ता कपडा देख्न हुन्न टाेकी च्याती खान्छ।

मासु नभई भात खान्न,राेटी त्यसै खान्छ
पानी खान्छ दूध खान्छ ,मेवा,स्याउ खान्छ।

नराम्राे छ एउटा बानी छतमा आची गर्छ
जति बाहिर डुले पनि छत मै जानुपर्छ।

बाहिर छाड्दा गाडीकाे डर, भित्रै डुल्ने बानी
भित्र पसे काेठा साेफा, बस्छे छानी छानी।

मै सँग खेल्न पाए उफ्री उफ्री खेल्छ
म जान्छु जता जता उतै उतै जान्छ।

म सँगै रमाउँछ , सुत्न पनि आउँछ
काख्मा आई बस्छ मेराे मुख गाला चाट्छ।

आमा मलाई भन्नुहुन्छ, नपालाैँ है यस्लाई
जागिर जाने मान्छे हामी, कस्ले हेर्छ त्यस्लाई।

तिमी पनि स्कूल जान्छाै ,दिदी स्कूल जान्छे
घरमा काेही नभए पछि उसले के खान्छे ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

2 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

2 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago