बिन्दु पाैडेल वस्ती
भरतपुर-२,चितवन
“तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ? म प्रयास गरुँला ।” उनले आफ्नो सहकर्मी साथीलाई भनिछिन् । प्रभातकालीन समय यता मिलाउन खोज्थिन्, मिल्दैनथ्यो । एकपछि अर्को युक्ति खोज्थिन् र अन्त्यमा एउटा विकल्प सोचिछिन्। जुन कुरा आफन्तको सुझावले मात्रै पनि राहत होला जस्तो लागेछ।
आफ्नै भाइको बालसखा, छिमेकी काकीका छोरा, नाम र काम दुबैबाट चर्चित थिए उनी। तिनै भाइसँग उचित सुझाव लिएर अघि बढ्नका लागि फोन गरिछिन् र समस्या राख्नैका लागि केही समय मागिछिन्।
मृदुभाषी, मिलनसार, हितैषी उनको स्वभावै थियो। हरेक पटक एउटै जवाफ दिएछन् । हस् दिदी , हुन्छ नि, ल ल, १० बजे, १२ बजे , ४ बजे भन्दै गएछन् । पछि बिस्तारै पूरा घण्टी जादा पनि फोनै उठाएनछन्। सुरुमा त्यति राम्रो जवाफ दिएको भाइले अहिले किन फोननै उठाएन ? उनको मानसपटलमा ठुलै ज्वारभाटा चल्न थालेछ । उनले अतीतको कुरा स्मरण गर्दै पारिवारिक सम्बन्ध हो कि भन्ने महशुस गरिन् ।
“जीवनमा पराइले दिएको घाउ समयसँगै निको भएझैँ आफन्तले दिने पीडा पनि समयसँगै सेलाउँदै जाला भन्दै पिल्सिँदै जीवन बिताईरहेकी थिइन् तर पाइनन् र भनिन्, “म त दिग्भ्रमित भएँ। सारा कर्तुत उसैको पो रहेछ ।”
सम्बन्ध रगतले जोडे पनि त्यसलाई जोगाउने काम व्यवहारको हो । व्यवहार नै हराएपछि नाता त केवल नाममा मात्रै सीमित रहन्छ। त्यसको मर्म उसले कसरी बुझ्न सकोस् ?
रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…
मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…
बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…
वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…
धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…