Categories: बाल कथा

साइनो


बिन्दु पाैडेल वस्ती
भरतपुर-२,चितवन

“तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ? म प्रयास गरुँला ।” उनले आफ्नो सहकर्मी साथीलाई भनिछिन् । प्रभातकालीन समय यता मिलाउन खोज्थिन्, मिल्दैनथ्यो । एकपछि अर्को युक्ति खोज्थिन् र अन्त्यमा एउटा विकल्प सोचिछिन्। जुन कुरा आफन्तको सुझावले मात्रै पनि राहत होला जस्तो लागेछ।
आफ्नै भाइको बालसखा, छिमेकी काकीका छोरा, नाम र काम दुबैबाट चर्चित थिए उनी। तिनै भाइसँग उचित सुझाव लिएर अघि बढ्नका लागि फोन गरिछिन् र समस्या राख्नैका लागि केही समय मागिछिन्।
मृदुभाषी, मिलनसार, हितैषी उनको स्वभावै थियो। हरेक पटक एउटै जवाफ दिएछन् । हस् दिदी , हुन्छ नि, ल ल, १० बजे, १२ बजे , ४ बजे भन्दै गएछन् । पछि बिस्तारै पूरा घण्टी जादा पनि फोनै उठाएनछन्। सुरुमा त्यति राम्रो जवाफ दिएको भाइले अहिले किन फोननै उठाएन ? उनको मानसपटलमा ठुलै ज्वारभाटा चल्न थालेछ । उनले अतीतको कुरा स्मरण गर्दै पारिवारिक सम्बन्ध हो कि भन्ने महशुस गरिन् ।
“जीवनमा पराइले दिएको घाउ समयसँगै निको भएझैँ आफन्तले दिने पीडा पनि समयसँगै सेलाउँदै जाला भन्दै पिल्सिँदै जीवन बिताईरहेकी थिइन् तर पाइनन् र भनिन्, “म त दिग्भ्रमित भएँ। सारा कर्तुत उसैको पो रहेछ ।”
सम्बन्ध रगतले जोडे पनि त्यसलाई जोगाउने काम व्यवहारको हो । व्यवहार नै हराएपछि नाता त केवल नाममा मात्रै सीमित रहन्छ। त्यसको मर्म उसले कसरी बुझ्न सकोस् ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अपेक्षाको कसिमा देश

रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…

10 hours ago

“प्रियाको गन्थन्”

मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…

11 hours ago

गुरु

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…

11 hours ago

सङ्गत

सुमन कडरिया चितवन "मेरो विगत र वर्तमान, जमिन आसमानको फरक !" आफ्नै कोठामा आराम गरिरहेको…

1 day ago

“श्रम गरौँ”

वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…

1 day ago

“ज्ञानी बन”

धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…

1 day ago