“कुशे औँशी”


आचार्य प्रभा
दमक, झापा

“कहाँ जान तयार परेका ललित ?”सन्तोषले प्रश्न तेर्सायो ।
“आज कुशे औँशी होईन ?”
ललितको जवाफले सन्तोषले झस्किदै भन्यो।
“हो त ! ए …. कस्तो मैले त बिर्सिएछु। आफ्नो त बुवा भए पो थाहा हुनु त !”
“त्यही त….बुवा हुनेहरूले त सम्झिनु पर्यो नि! आजको दिनलाई। कति महत्वपूर्ण छ ? आजको दिन। त्यही भएर बुवाको मुख हेर्न जान लागेको । अस्ति निक्कै साह्रो थलिनु भएछ । जान पाइएन । अब त उमेरले पनि डाँडा काटिसक्यो। अर्को बर्ष के, कसो हो ?”
ललित र सन्तोष घरको आँगनमा उभिएर भलाकुशारी गरी रहेका थिए। त्यही बेला पल्लो घरका पोखरेल बा त्यहाँ आई पुगेर बोले।-“-ललित बाबु बुवाको मुख एकदिन हेरेर के कर्तव्य पुरा हुन्छ ? मुख हेर्नुभन्दा बुवाको निरीहावस्था बिचार गर । दुःख,बिमारमा याद गर। निक्कै भई सक्यो रे! थलिनु भाको। मैले त्यस्तै सुनेको थिएँ। यस्तो अवस्थामा साथ दिँदा पो बाबु,आमाको आशीर्वाद मिल्छ त !”
ती बाबैको कुरा सुनेर दुबै निस्तब्ध भए। ललितको मुहारमा लज्जाभाव झल्कियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

3 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago