आचार्य प्रभा
दमक, झापा
“कहाँ जान तयार परेका ललित ?”सन्तोषले प्रश्न तेर्सायो ।
“आज कुशे औँशी होईन ?”
ललितको जवाफले सन्तोषले झस्किदै भन्यो।
“हो त ! ए …. कस्तो मैले त बिर्सिएछु। आफ्नो त बुवा भए पो थाहा हुनु त !”
“त्यही त….बुवा हुनेहरूले त सम्झिनु पर्यो नि! आजको दिनलाई। कति महत्वपूर्ण छ ? आजको दिन। त्यही भएर बुवाको मुख हेर्न जान लागेको । अस्ति निक्कै साह्रो थलिनु भएछ । जान पाइएन । अब त उमेरले पनि डाँडा काटिसक्यो। अर्को बर्ष के, कसो हो ?”
ललित र सन्तोष घरको आँगनमा उभिएर भलाकुशारी गरी रहेका थिए। त्यही बेला पल्लो घरका पोखरेल बा त्यहाँ आई पुगेर बोले।-“-ललित बाबु बुवाको मुख एकदिन हेरेर के कर्तव्य पुरा हुन्छ ? मुख हेर्नुभन्दा बुवाको निरीहावस्था बिचार गर । दुःख,बिमारमा याद गर। निक्कै भई सक्यो रे! थलिनु भाको। मैले त्यस्तै सुनेको थिएँ। यस्तो अवस्थामा साथ दिँदा पो बाबु,आमाको आशीर्वाद मिल्छ त !”
ती बाबैको कुरा सुनेर दुबै निस्तब्ध भए। ललितको मुहारमा लज्जाभाव झल्कियो।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…