धनसिंह विश्व
गेजिंग, पश्चिम सिक्किम
त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।
अर्धबार्षिक परीक्षामा फेल भएको दिनदेखि बुवाले घरमा ३ नियम बनाए।
१. टिभी र मोबाइल चलाउन निषेध।
२. साथीहरूसँग खेल्न मनाही।
३. स्कूलबाट आएपछि हरेक साँझ देखिन् रात १० बजेसम्म टेबलमा बस्नैपर्ने।
यो नियम पालन गर्नु फलामको चिउरा बराबर भयो। सोच्ने गर्थ्यो “बुवालाई ममाथि घृणा लाग्छ होला, ममाथि कसैले माया गर्दैनन्।”
फेरि वार्षिक परीक्षाको परिणाम आयो। फेरी पनि बिग्रियो।
आर्यन डरले घरमा जानै सकेन। सिधा नदी किनार गयो। एक्लै सोच्यो “यसपालि पनि ….! अब घर गएर बुवाको पिटाई खानुभन्दा यहाँ डुब्नु निको।”
पछाडिबाट आवाज आयो “के गर्दैछस्, बाबु ?”
बुवाको हातमा उसको सम्मान पत्र थियो।
आर्यन डरले थर-थर काँप्यो। “बुवा… म फेरि…” , केहि भन्नै सकेन।
बुवाले हाँस्दै बिस्तारै भने “मलाई थाहा छ आर्यन, तिमी यसपालि फेल भएनौ केही सिक्यौं।”
आर्यन आँखाबाट आँसु झार्दै भन्यो “त्यसो भए किन यति कडा हुनुभएको ?”
बुवाले छ महिनापछि पहिलो पटक छोराको टाउकोमा हात राखेर भने “तिमी यस बर्षको ‘सहास पुरस्कार’ विजेता भयौ किनकि छ महिना अघि पोखरीमा डुब्दै गरेको बच्चालाई बचाएका थियौ।”
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…