Categories: बाल कथा

परिणाम


धनसिंह विश्व
गेजिंग, पश्चिम सिक्किम

त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।
अर्धबार्षिक परीक्षामा फेल भएको दिनदेखि बुवाले घरमा ३ नियम बनाए।
१. टिभी र मोबाइल चलाउन निषेध।
२. साथीहरूसँग खेल्न मनाही।
३. स्कूलबाट आएपछि हरेक साँझ देखिन् रात १० बजेसम्म टेबलमा बस्नैपर्ने।
यो नियम पालन गर्नु फलामको चिउरा बराबर भयो। सोच्ने गर्थ्यो “बुवालाई ममाथि घृणा लाग्छ होला, ममाथि कसैले माया गर्दैनन्।”
फेरि वार्षिक परीक्षाको परिणाम आयो। फेरी पनि बिग्रियो।
आर्यन डरले घरमा जानै सकेन। सिधा नदी किनार गयो। एक्लै सोच्यो “यसपालि पनि ….! अब घर गएर बुवाको पिटाई खानुभन्दा यहाँ डुब्नु निको।”
पछाडिबाट आवाज आयो “के गर्दैछस्, बाबु ?”
बुवाको हातमा उसको सम्मान पत्र थियो।
आर्यन डरले थर-थर काँप्यो। “बुवा… म फेरि…” , केहि भन्नै सकेन।
बुवाले हाँस्दै बिस्तारै भने “मलाई थाहा छ आर्यन, तिमी यसपालि फेल भ‌एनौ केही सिक्यौं।”
आर्यन आँखाबाट आँसु झार्दै भन्यो “त्यसो भए किन यति कडा हुनुभएको ?”
बुवाले छ महिनापछि पहिलो पटक छोराको टाउकोमा हात राखेर भने “तिमी यस बर्षको ‘सहास पुरस्कार’ विजेता भयौ किनकि छ महिना अघि पोखरीमा डुब्दै गरेको बच्चालाई बचाएका थियौ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

13 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

14 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

14 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago