तुलसी पण्डित

आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ बडेमानको फटेङ्ग्रा कमिलाहरूले सहजै तानिरहेका थिए। उनीहरू साना थिए। तर साना भए पनि फटेङ्ग्रा लैजान उनीहरूलाई केही गाह्रो भएको थिएन।
छोरालाई उदेक लाग्यो । उसले फेरि सोध्यो।
“आमा यो कसरी सम्भव भयो ?”
“बाबु यो सबै एकताको शक्ति हो । यो एकले मात्र सम्भव छैन । तर सबैको एकताले असम्भवलाई सम्भव बनायो। त्यसैले राष्ट निमार्णमा एकताको ठूलो शक्ति हुन्छ ।”
“आमा हामी पृथ्वीनारायण शाहलाई राष्ट निर्माता भन्छौँ । के उनले पनि यो राष्टलाई एकता कै बलमा ठूलो बनाएका हुन् त ?” “हो बाबु त्यो बेला सबै जनतामा एकता थियो । त्यसैको बलमा बाइसे चौबीसे राज्यलाई एउटै मालामा उन्न उनी सफल भए । यदि यो अभियानमा एकता न भएको भए त्यति कठिन कार्य सम्पन्न गर्न धेरै गाह्रो हुने थियो ।”
“एक देशले अर्को देशको जमिन लुट्नुको कारण पनि एकता न भएर हो त आमा ?”
“हो जहाँ एकताको शक्ति कमजोर हुन्छ । त्यो ठाउँमा उनीहरूलाई घुस्न केही गाह्रो पर्दैन । अझ एकतामा पनि छिद्र छिद्र बनाएर उनीहरू घुस्छन् र आफ्नो स्वार्थ अनुरुप काम गर्छन् ।”
“म देख्छु हाम्रो देश विकासमा पछि परेको छ । के यो पनि एकता कै अभाव हो त ?”
“यहाँका दलहरू देश विकासमा भन्दा आफ्नै स्वार्थमा लाग्दा देश पछि परेको हो । यदि यी दलहरूमा एकता भइ देश बनाउने अभियानमा लागेको भए देश समुन्नत हुने थियो।”
“देश हितमा पनि एकताको खाँचो पर्ने रहेछ है आमा ?”
“र बाबियोको एक तान्द्रो सहजै चुँडाल्न सकिन्छ तर धेरै बाबियोको तान्द्रो मिलाएर बाटेको डोरीलाई हात्तीले पनि चुँडाल्न सक्दैन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

16 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

16 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

16 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago