Categories: कविता

“श्रीकृष्ण महिमा”


रामप्रसाद पन्थी
रेसुङगा न पा २ गुल्मी

कृष्णकाे कथा महिमा के छ भन्नुभाे बाबाले
दिएर ध्यान कृष्णकाे ज्ञान लिएँ नि मजाले ।

जन्मिए कृष्ण मथुरा धाम अष्टमी तिथिमा
हिडाए जन कराडाैं मन धर्मकाे नीतिमा ।

द्वापर युग यादव कुल मानव चाेलामा
विष्णुले जन्म लिएका थिए देवकी गर्भमा ।

विष्णुकाे आठाैं स्वरूप कृष्ण धर्मका रक्षक
आसुरी शक्ति मेटाए सब धर्मका भक्षक ।

कृष्णकाे हात मारिने थियाे कंशकाे भविश्य
मर्दछु भन्ने मनमा थियाे कंशमा अवश्य ।

बैनी र ज्वाइँ जेलमा हाल्याे मृत्युकाे डरले
जन्मिए जति बुझाए शिशु कंशकाे करैले ।

जेलैमा कृष्ण जन्मिए राति सुरक्षा घेरामा
निदाए सेना परे ती सबै शक्तिका फेरामा ।

लगियाे राति सुटुक्क कृष्ण नन्दकाे घरमा
पालिए कृष्ण यशाेधा अनि नन्दका भरमा ।

पाएन पत्ताे कंशले कृष्ण साटिए भनेर
तर्सियाे कंश आकाश वाणी गर्जन सुनेर ।

मार्दछु कृष्ण भनेर कंश जति नै गरे नि
खटायाे कंश असुर सबै कृष्णले मारे नि ।

कृष्णकाे हात पुतना मरी कंश नि मारियाे
धर्मकाे रक्षा कृष्णले गरे सम्मान गरियाे ।

ज्ञान र कर्म भक्तिकाे मार्ग कृष्णले सिकाए
करूणा मैत्री मुक्तिकाे मार्ग कृष्णले देखाए ।

कृष्णकाे कथा महिमा धेरै रहेछ बुझियाे
कृष्णकाे नाम भजेर खुब पूजा नि गरियाे ।

जय श्री कृष्ण

सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

12 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

12 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

1 day ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

1 day ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

1 day ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

1 day ago