श्री कृष्ण जन्माष्टमी पर्वको सबैमा हार्दिक शुभकामना
उमानाथ दाहाल
भज कृष्ण हरे ! घनश्याम हरे !
भज केशव, माधव, श्याम हरे
मनले प्रभुको गुँणगान गरौँ
दिलका सब दर्द र कष्ट हरौँ
मुरलीधर हे सब लोक पति
यमुना तटमा शुभ जन्म गति
मथुरा, ब्रजमा अति हर्ष मिल्यो
सब भक्त रमे उता दुष्ट ढल्यो
भज कृष्ण हरे …………….
प्रभु प्यार दिने प्रभु स्नेह दिने
प्रभु भक्त चिनीकन साथ लिने
म त अल्मलिएँ भवसागरमा
प्रभु साथ मिलोस् पद पर्छु यहाँ।
भज कृष्ण हरे …………..
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…
शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…