Categories: कविता

भगवान् कृष्णका २८ दिव्य नामहरू

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

छन्द-अनुष्टुप्

भगवान् कृष्ण हुन् हाम्रा जाज्वल्यमान छन् सधैँ
कृष्णका नाम अठ्ठाइस् जपे पुण्य मिल्यो सधैँ
“मत्स्य”हो पहिलो नाम “कूर्म” दोस्रो भनी गन
तेस्रो “वराह”हो पक्का चौथो नाम छ “वामन”।

हो “जनार्दन” पॉंचौँमा छैठौँ “गोविन्द” पर्दछन्
“पुण्डरीकाक्ष” सातौंमा आठौं “माधव” भन्दछन्
नवौं नाम बडो राम्रो मह झैं “मधुसूदन”
“पद्मनाम” “सहस्त्राक्ष “दश एघार मा गन।

“वनमाली”छ बाह्रौमा तेर्हौ नाम “हलायुध”
“गोवर्धन”छ चौंधौँमा “हृषीकेश” छ पन्ध्रमा
“ वैकुण्ठ ” नाम सोह्रौँमा सत्रौ हो “पुरुषोत्तम”
हो “विश्वरूप”अठ्ठाह्रौँ कृष्णको नाम लौ जपौँ।

उन्नाइसौं छ औधीं नै “वासुदेव” रुचाइने
बिंसौ छ “राम “यो नाम हरेक दिन गाइने
उल्लास जोशका साथ “नारायण” भनीकन
नाम एक्काइसौँ जप्छन् प्रातमा रातमा जन।

“हरि” “हरि” सधैं जप्दा पाइन्छ पुण्य यो भनी
बाइसौं कृष्णको नाम जप्दछन् फन्फनी घुमी
अर्को छ तेइसौं नाम “दामोदर” मनोहर
चौबीसौँ नाम साथी हो सम्झ है प्रिय “श्रीधर”।

पच्चीसौँ नाम “वेदाङ्ग “ छव्बीसौं “गरुडध्वज”
“अनन्त” नाम सत्ताइस् “कृष्णगोपाल” अन्तिम
नाशवान् देहमा श्वास प्रत्येक अनमोल छ
कृ्ष्णका नाम जप्नाले तरिन्छ भव सागर।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

16 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago