सुरेशकुमार पाण्डे
दाङ घोराही १८
” ए जागे ! कति पढेको हँ? एकछिन पनि खालि हुँदैन। तँ त किताबको कीरा नै भइछस् अचेल।”-नरे आफ्नो साथी जागेले पढिरहेको देख्दा उपहास गर्यो। ” के गर्नु भाइ अहिल्यै देखि मिहेनत नगर्ने हो भने अगाडि समस्य हुन्छ। लोक सेवाको तैयारी पनि गर्नै छ।”-जागेले भन्यो। ” तैले जतिसुकै पढ तर पनि मलाई उछिन्न कहिल्यै सक्दैनस्। नपत्याए आज हाम्रो रिजल्ट आउँदै छ देख्लास “- उसले च्यालेन्ज गर्दै भन्यो। ” मैले कसैलाई पनि उछिन्ने प्रयात्न गर्दिन। कसैलाई उछिन्नका लागि अध्यायन गरिँदैन। बरू आफुले सकेको अध्ययान गर्छु। ताकि म भविष्यमा आफ्नै खुट्टाले उभिन सकूँ।”- जागेले मुस्कुराउँदै भन्यो। ” हेर जागे ! अचेल सबैले आ-आफ्नो क्यरियर बनाउँन जागिर पाउँनका लागि पढ्छन्।” – ज्ञानी बन्नका लागि होइन बुझिस।”-नरेले चौरमा बसेका विद्यार्थी तिर इसारा गर्दै भन्यो। “आ-आफ्ना बिचार हुन कसैले केको लागि पढ्छन । तर मैले भने किताबबाट ज्ञान हासिल गर्न पढ्दै छु। पेसा त मेरा पूर्वजहरूले दिएको जमिनमा मलाई र मेरो परिवारलाई खान पुग्छ।”- जागेले भन्यो। “जागे एउटा जाबो पाटो पाएँ भन्दैमा घमण्ड नगर पेसा पनि आवश्यक पर्छ।”- नरेले भन्यो। “त्यसैले त लोक सेवाको तैयारी गर्दै छु।”-जागेले सटिकमा भन्यो। “जतिसुकै गर तँलाई म उछिनेर देखाउँछु।”- नरेले फेरी चेलेन्ज दियो। ” नरे एकछिन यता आउ त!”-प्रोफेसर खुरानाले नरेलाई बोलाए। ” आएँ सर!” ” हेर जागे मेरो पछिल्लो रिजल्ट आइ सक्यो।”-ऊ खुसिहुँदै भन्यो र कार्य कक्षामा पुग्यो। ” तिमी फेल भयौ ।तिमी सबै बिषयमा फेल छौ। जागे सबै बिषयमा टाप छ ” -प्रोफेसर खुरानाले रिजल्ट उसलाई थमाउँदै भने। ” ऊ कागज उठायो र आर्को दैलोबाट विस्तारै बाहिर निस्कियो।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…