चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १
‘नाइ सक्दिन, बुझ्दै बुझ्दिन । म के गर्नु बाबा ?’ छोरी प्रान्जल अलि प्याउली भएर बोलिरहेकी थिई ।‘अँ ल नसक । खेल्न र नाच्नमात्र कुद्नु नि अनि सक्छेस् । बिगारेको त तपाईँले हो । काँधैमा बोकेर हिंडनु न । टाउकोमा टेकाउनु अनि सक्छे । महिनामा कतिदिन स्कुल जान्छे तपाईँकी छोरी ? तपाईँलाई के थाहा ।’ ठूली खेलाडी र नायिका बनाउन खोज्दै हुनुहुन्छ ।’ स्नेहा बोलिन ।
‘ममी अति भो बाबालाई केही नभन्नु । यो सबै मेरो रहर हो । बाबाले सबै बुझ्नु भएको छ । कतिपटक संझाउनु तपाईँलाई म अब सानी त छैननी ।’
‘त्यही ठूली भइस भनेर त कराएको नाच्न त हामी पनि नाच्थ्यौँ गाउँथ्यौँ त्यसरी त्यस्ता कपडामा केटाको अँगालोमा सात पल्ट बेरिएर अँगालो मार्नु त पर्दैनथ्यो त ।’
‘यो तपाईँको जमाना होइन नि त ममी ।’ प्रान्जल बोली ।
‘चुप लाग छोरी ममीलाई छाडदेउ, ऊ त्यस्तै हो । भोलिदेखि घरमै शिक्षक बोलाईदिन्छु । गणित र विज्ञान पढनु । भविष्य बनाउन अन्य क्षमतासँगै पढाइको पनि उत्तिकै आवश्यक छ । जीवन जगत बुझ्न पढनु पर्छ । भविष्य बनाउन आफुलाई मन पर्ने पेशा रोज्नुपर्छ । दक्षता हाँसिल गर्नुपर्छ, अनिमात्र नाम र दाम दुबै कमिन्छ । जीवन सहज हुन्छ । आफ्नोभन्दा अरुको खुसीमा बाँच्नुपर्छ छोरी ! तिम्रो परीक्षा नजिकै छ केही महिना मन लगाएर पढ ।’
टेलिभिजनमा समाचार आयो ‘नृत्य प्रतियोगिताको उत्कृष्ट प्रतिभाजोडी छनोटमा प्रान्जल जोडी प्रथम भइ अहिलेसम्मकै ठूलो पाँचलाख लाख रुपैया जितेको छ ।’ ल नातिनी बधाई छ । हजुरबाले नातिनीलाई अँगालोमा बेर्दै धाप मार्नुभयो ।’ बाबाका खुसीका आँसु पुच्छदै प्रान्जल बोलिन । बाबा यो त सुरुवात हो ।
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…