चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १
‘नाइ सक्दिन, बुझ्दै बुझ्दिन । म के गर्नु बाबा ?’ छोरी प्रान्जल अलि प्याउली भएर बोलिरहेकी थिई ।‘अँ ल नसक । खेल्न र नाच्नमात्र कुद्नु नि अनि सक्छेस् । बिगारेको त तपाईँले हो । काँधैमा बोकेर हिंडनु न । टाउकोमा टेकाउनु अनि सक्छे । महिनामा कतिदिन स्कुल जान्छे तपाईँकी छोरी ? तपाईँलाई के थाहा ।’ ठूली खेलाडी र नायिका बनाउन खोज्दै हुनुहुन्छ ।’ स्नेहा बोलिन ।
‘ममी अति भो बाबालाई केही नभन्नु । यो सबै मेरो रहर हो । बाबाले सबै बुझ्नु भएको छ । कतिपटक संझाउनु तपाईँलाई म अब सानी त छैननी ।’
‘त्यही ठूली भइस भनेर त कराएको नाच्न त हामी पनि नाच्थ्यौँ गाउँथ्यौँ त्यसरी त्यस्ता कपडामा केटाको अँगालोमा सात पल्ट बेरिएर अँगालो मार्नु त पर्दैनथ्यो त ।’
‘यो तपाईँको जमाना होइन नि त ममी ।’ प्रान्जल बोली ।
‘चुप लाग छोरी ममीलाई छाडदेउ, ऊ त्यस्तै हो । भोलिदेखि घरमै शिक्षक बोलाईदिन्छु । गणित र विज्ञान पढनु । भविष्य बनाउन अन्य क्षमतासँगै पढाइको पनि उत्तिकै आवश्यक छ । जीवन जगत बुझ्न पढनु पर्छ । भविष्य बनाउन आफुलाई मन पर्ने पेशा रोज्नुपर्छ । दक्षता हाँसिल गर्नुपर्छ, अनिमात्र नाम र दाम दुबै कमिन्छ । जीवन सहज हुन्छ । आफ्नोभन्दा अरुको खुसीमा बाँच्नुपर्छ छोरी ! तिम्रो परीक्षा नजिकै छ केही महिना मन लगाएर पढ ।’
टेलिभिजनमा समाचार आयो ‘नृत्य प्रतियोगिताको उत्कृष्ट प्रतिभाजोडी छनोटमा प्रान्जल जोडी प्रथम भइ अहिलेसम्मकै ठूलो पाँचलाख लाख रुपैया जितेको छ ।’ ल नातिनी बधाई छ । हजुरबाले नातिनीलाई अँगालोमा बेर्दै धाप मार्नुभयो ।’ बाबाका खुसीका आँसु पुच्छदै प्रान्जल बोलिन । बाबा यो त सुरुवात हो ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…