दुर्गा पौड्याल
शंकरनगर
फूल हेर कति सुन्दर,
बास्ना उस्तै मिठाे
मलजल र गाेडमेल गरे
हुर्किन्छ त्याे छिटाे ।
कसैसँग वैरभाव
राख्दैन उ केही
आफु हाँसे हाँसिदिन्छ,
माग्दैन उ केही।
मान्छे जस्ताे बहुरुपी
बन्दैन उ कैल्यै
छलकपट भेदभाव
गर्दैन उ कल्यै।
ठूलाे सानाे धनी गरिब
छुट्याउन्न केही
उसकालागि सबै एकै
फरकछैन केही।
घमण्डी नि कत्ति छैन,
छैन तडक भडक
फुल्ने उसकाे धर्म नै हाे
फुलिदिन्छ ढकमक।
मान्छे नै हाे कपटी र
अहँकारी डाढी
भित्रि रुप अर्कै उसकाे,
बाहिरी अर्कै पारी।
फूलबाट सिकेहुन्थ्याे
मानिसले ज्ञान
फूलजस्तै बने मान्छे,
बढ्छ उसकाे सान।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…