Categories: बाल कथा

केट माने बिरालो

अनुराग अरुण

हजुर आमाको काखमा खेलिरहेको ४ बर्षका नातिले बिरालो देख्ना साथ भन्छ, ´हजुर आमा ! उ केट आयो ।`
नातिको कुरा सुनेर भन्छिन् , ´बाबू ! यो बिरालो हो ।`
´बिरालो हैन ! यो केट हो, हजुर आमा ।`


नजिकै बसेका हजुर बुबाले दुबैका कुरा गम्भीर भएर सुनिरहेका थिए ।
भोलि पल्ट नाति पढ्ने बोडिङ स्कुलमा गएर शिक्षकलाई भन्छन, ´हैन ! कस्तो पढाइ हो, हजुर ?`
कुरा नबुझेर शिक्षकहरु अलमल परे । एक शिक्षकले सोधे, ´के भो, बुबा ?`
´मेरो नातिले बिरालोलाई केट पो भन्छ ।`
कुरा सुनेर, शिक्षकहरु सबै हाँस्न थाल्छन् । ती मध्येका एक शिक्षकले भन्छन, ´बुबा ! बिरालोलाई अंग्रेजीमा केट भन्छ ।`शिक्षकको कुरा सुनेर भन्छन, ´हजुरले भन्नु भएको कुरा ठिकै हो । तर हामीले गाउँ घरमा बोल्ने भनेको आफ्नै भाषा हो । बच्चाहरुलाई अंग्रेजीसँगै नेपाली पनि सिकाई दिनुहोस् ।` अनुरोध गर्दै घर फर्किन्छन्।
केहि दिन पछि, आँगनमा खेलिरहेको नातिले बिरालो देख्ना साथ औँला देखाउँदै हजुर बुबालाई भन्छ, ´हजुरबुबा ! उ केट माने बिरालो आयो ।`

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

14 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

14 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

14 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago