रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
विद्यालयमा छात्रवृत्ति वितरण गर्ने दिन थियो । दलित, जनजाति, अल्पसङ्ख्यक, सीमान्तीकृत, छात्रा आदि शीर्षकमा छात्रवृत्ति बाँडिदै थियो । विद्यार्थीलाई बोलाउँदै अभिभावकको रोहबरमा हस्ताक्षर गर्न लगाएर छात्रवृत्ति बाँडियो । हातमा मोटरसाइकलको चापी घुमाउँदै आएका एकजना अभिभावकले छोराको छात्रवृत्ति बुझ्न आएको कुरा बताए र अभिभावकको नाममा सही गरे अनि त्यहाँबाट निस्किए ।
त्यतिनै बेला दुःखजिलो गरेर नातिलाई पढाउँदै आएकी बाहुनी बज्यै प्रधानाध्यापकको कार्यकक्षमा पुगेर भनिन् ,`मेरो नातिको नाम पनि हेरिदिनु न, हेडसर !
`हजुरको नातिले पाउने छात्रवृत्ति कहाँ हो त नि, आमै ! बरु पढाइमा राम्रो गर्न सके भने वार्षिकोत्सवमा पुरस्कार दिन सकिन्छ ।´ प्रधानाध्यापकले इमानदारीका साथ जवाफ दिए ।
उनले अर्कै शिक्षकलाई खुसुक्क बाहिर बोलाइन् र भनिन् ,`बाबु, मेरो नातिको थर फेर्न त मिल्दैन है ?´
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…