रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
विद्यालयमा छात्रवृत्ति वितरण गर्ने दिन थियो । दलित, जनजाति, अल्पसङ्ख्यक, सीमान्तीकृत, छात्रा आदि शीर्षकमा छात्रवृत्ति बाँडिदै थियो । विद्यार्थीलाई बोलाउँदै अभिभावकको रोहबरमा हस्ताक्षर गर्न लगाएर छात्रवृत्ति बाँडियो । हातमा मोटरसाइकलको चापी घुमाउँदै आएका एकजना अभिभावकले छोराको छात्रवृत्ति बुझ्न आएको कुरा बताए र अभिभावकको नाममा सही गरे अनि त्यहाँबाट निस्किए ।
त्यतिनै बेला दुःखजिलो गरेर नातिलाई पढाउँदै आएकी बाहुनी बज्यै प्रधानाध्यापकको कार्यकक्षमा पुगेर भनिन् ,`मेरो नातिको नाम पनि हेरिदिनु न, हेडसर !
`हजुरको नातिले पाउने छात्रवृत्ति कहाँ हो त नि, आमै ! बरु पढाइमा राम्रो गर्न सके भने वार्षिकोत्सवमा पुरस्कार दिन सकिन्छ ।´ प्रधानाध्यापकले इमानदारीका साथ जवाफ दिए ।
उनले अर्कै शिक्षकलाई खुसुक्क बाहिर बोलाइन् र भनिन् ,`बाबु, मेरो नातिको थर फेर्न त मिल्दैन है ?´
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…