“कोपिला”


नानि भारद्वज

फूलवारीका कोपिला
माया खोज्दैछन्
तातो पोल्ने घाममा
छाया रोज्दैछन्।

फक्रिदैछन् कोपिला
फूल बन्नलाई
आकास धर्ति जोडने
पूल बन्दैछन्।

फुल्नलाई कोपिला
बल गर्दैछन्
कोमल शितल मायाको
खोज गर्दैछन्।

चुड्ने होइन कोपिला
माया दिने गर !
एकदिन त त्यस्ले तिम्लाई
दिन्छ ठूलो भर।