सुनिता निरौला पौडेल
भक्तपुर -राधे राधे,निकोशेरा
हाम्रो घरको फुलबारीमा
एउटा फूल फुल्यो
त्यो फूलको वासनाले
सारा संसार भुल्यो।
बगैँचामा हेर्दाखेरि
स्वर्ग जस्तो लाग्छ
भँवरा र मौरी आई
गीत गाई नाच्छ।
सबै फूलमा सुवासित
एउटा अझ राम्रो
घरको शोभा बढाउँदा
बढ्यो खुसी हाम्रो।
मेरो मनमा पलाएको
तिमी एक फूल
भरोसामा बाँचेका छौँ
नगर्नु है भूल।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…