सुरेशकुमार पाण्डे
दाङ घोराही
दलानमा होइन हाम्रा देवता रिसाउँछन् र अनहोनी घटना घट्नसक्छ। यसलाई गोठमा बसाल्नुपर्छ। हामीले साराजिन्दगी गोठमा बिताउँदा हामीलाई केही भएन। हजूर आँमाले नरीकी आमालाई सम्झाएपछि चारदिनबाट नरी गोठमै बसेकी हो। नौ क्लासमा पढ्ने सोह्र वर्षिय किशोरी आफ्नो मनले नमानेपनि बिरोध गर्नसकिन र चुपचाप गोठमा बसेकी थिई।
“आमा आज त चारदिन पुग्यो नरीलाई यतै दलानमा बसालौँ हुन्न ?-नरीकी आमा रावडीलाई छोरीप्रतिको दया जाग्यो।’ आज रातैभरी पानीपरेको थियो।डिंया बाच्छा बस्ने गोठ पनि चुइएर लालाबाला भिजेकाथिए। रातैभरि गोठ चुहेको छ बिहान चिसोले थरथर काँप्दै थिई नरी!-रावडीले थपी।’ यत्रो दिनसम्म केही नभएको तेरी छोरी एक दुईदिन अरू गोठमा बिताउँदा मर्दिन चिसाले!-नरीकी हजूर आमाले नरीकी आमालाई हकार्दै भनी।’ बिचरी नरीकी आमा सासुको अगाडि चूँ गर्न सकिन। अलिवेर पछि गोठबाट नरी चिच्याएको स्वर रावडीको कानमा पर्यो। ऊ दौड्दै गोठमा जाँदा नरी रोहीरहेकी थिई। उसलाई विषालु सर्पले टोकेको थियो। नरीकी आमा रूँदै चिच्याउँदै वैद्य बोलाउन गई। अस्पत्ताल धेरै टाडाथियो। नरीलाई झारफुक गरेर केको निको हुन्थ्यो। उसको शरिरमा विष फैलिसकेको थियो। नरीको अकालमा ज्यान गयो।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…