Categories: बाल कथा

कुरिती!

सुरेशकुमार पाण्डे
दाङ घोराही

दलानमा होइन हाम्रा देवता रिसाउँछन् र अनहोनी घटना घट्नसक्छ। यसलाई गोठमा बसाल्नुपर्छ। हामीले साराजिन्दगी गोठमा बिताउँदा हामीलाई केही भएन। हजूर आँमाले नरीकी आमालाई सम्झाएपछि चारदिनबाट नरी गोठमै बसेकी हो। नौ क्लासमा पढ्ने सोह्र वर्षिय किशोरी आफ्नो मनले नमानेपनि बिरोध गर्नसकिन र चुपचाप गोठमा बसेकी थिई।

“आमा आज त चारदिन पुग्यो नरीलाई यतै दलानमा बसालौँ हुन्न ?-नरीकी आमा रावडीलाई छोरीप्रतिको दया जाग्यो।’ आज रातैभरी पानीपरेको थियो।डिंया बाच्छा बस्ने गोठ पनि चुइएर लालाबाला भिजेकाथिए। रातैभरि गोठ चुहेको छ बिहान चिसोले थरथर काँप्दै थिई नरी!-रावडीले थपी।’ यत्रो दिनसम्म केही नभएको तेरी छोरी एक दुईदिन अरू गोठमा बिताउँदा मर्दिन चिसाले!-नरीकी हजूर आमाले नरीकी आमालाई हकार्दै भनी।’ बिचरी नरीकी आमा सासुको अगाडि चूँ गर्न सकिन। अलिवेर पछि गोठबाट नरी चिच्याएको स्वर रावडीको कानमा पर्यो। ऊ दौड्दै गोठमा जाँदा नरी रोहीरहेकी थिई। उसलाई विषालु सर्पले टोकेको थियो। नरीकी आमा रूँदै चिच्याउँदै वैद्य बोलाउन गई। अस्पत्ताल धेरै टाडाथियो। नरीलाई झारफुक गरेर केको निको हुन्थ्यो। उसको शरिरमा विष फैलिसकेको थियो। नरीको अकालमा ज्यान गयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago