सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
हिजाेसम्म सबै हेर्थे आँखा लगाई
आजैमात्र गरे सबले मलाई विदाई
स्वार्थी रैछ दुनियाँ याे थाहा पाइन
हिजाेसम्म मान सम्मान आज छैन ।
बलेकाे नै ताप्छन् आगाे मेराे के छ र ?
कसिंगर भएँ अहिले छैन घरबार
अर्काे आयाे मै हूँभन्दै भित्ताे सजायाे
उसैले नै बाजी मार्याे मलाई हरायाे ।
रूपरङ्ग हेर्दा लाग्छ सबै उस्तै छ
तर त्यहाँ तिथि मिति भन्छन् बेग्लै छ
म पनि त राम्रै थिएँ भएँ पुरानाे
तेराे पनि आउँछ दिन बन्ने बिरानाे।
रात पछि दिन हुन्छ दिन पछि रात
समयले सधैं याैटै कहाँ दिन्छ साथ ?
बिहानीकाे लाली छर्दै उदाएका सूर्य
अस्ताचल पुग्नु पर्छ चन्द्र आउनु पूर्व ।
जसले मलाई माया गर्थ्याे आज हटायाे
मेराे ठाउँमा बस्न भन्दै तँलाई पठायाे
समयले तँलाई पनि स्वाद चखाउँछ
मै हूँ भन्ने घमण्डीलाई पाठ पढाउँछ ।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…