Categories: बाल कथा

क्रमभङ्ग

“बुवा ! तपाईँ मसँग रिसाउनु भएको त छैन ?” छोराले भन्यो ।
“छैन बाबु छैन । अब म तिमीसँग रिसाउँदैन् । कुनै समय म तिमीसँग घरघोर रिसाएको थिएँ ।” बुवाले पुराना दिनको सम्झना गर्नुभयो ।
“म तिम्रो भविष्यप्रति भयभित थिएँ । म चाहन्थेँ, तिमीले मेरो कारोबारलाई सम्हाल्यौ भने तिम्रो भविष्य सुनिश्चित हुनेछ तर……।” बाबु बोल्दाबोल्दै रोकिनुभयो ।
“तर तिमीले मेरो बाटोमा नहिँड्दा म दुःखी भएँ । त्यही दुःखले म आक्रोशित भएँ अनि म तिमीप्रति कठोर भएँ ।” बाबु निरन्तर बोलिरहनु भएको थियो ।
“हजुरबाले पनि हजुरलाई गाउँमै बसेर खेतीकिसानी गरोस् भन्ने चाहनुहुन्थ्यो तर हजुर सहरमा गएर व्यापारतिर लाग्नुभयो। आफ्नो बाबुको बाटोबाट भिन्न बाटोमा लाग्नुभयो ।” छोरा बोल्यो ।
“हरेक बाबु चाहन्छ छोराले आफ्नै पथलाई पच्छ्याओस् । छोरा बाबुभन्दा भिन्न हुन चाहन्छ । उसले आफ्नो अस्तित्वको खोजी गर्दछ । त्यही अस्तित्वको खोजले उसलाई नयाँ परिचय दिन्छ ।” बुवाले आफ्नो भोगाइको सार प्रस्तुत गर्नुभयो ।
“तर बुवा एउटा कुरा हजुरले भन्न छुटाउनुभयो ।” छोरा अब भयरहित भइसकेको थियो ।
“के कुरा बाबु ?” बुवाको स्वरमा आद्र्रता थियो ।
“हरेक बाबुमा एक अहंकार हुन्छ ।”
“कसरी ?”
“बाबुको भित्री इच्छा हुन्छ, उसका सन्तानले उसको कुरा मानुन्, उसको आदेशलाई बिना कुनै प्रश्न खुरुखुरु मानिरहुन् । जब छोराछोरी फरक पहिचान खोज्छन्, बाबुभित्रको अहंकार जाग्छ अनि सन्तानप्रति कठोर बन्छन् । आफ्ना सन्तानप्रति निर्मम हुन्छ । एक किसानको छोरा व्यापारी, व्यापारीको छोरा संगीतकार अनि संगीतकारको छोरा ? अहँ थाहा छैन, के बन्छ होला । आखिर म भित्र पनि एक बाबुको अहंकार जिउँदै छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

23 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago