रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजु
जानुस् बाबा स्कुलमा मेरो नम्बर लिन
आज हाम्रो परीक्षाको रिजल्ट हुने दिन
हजुर जानु हुन्न भने आफैँ गई खोज्ने
कस्तो भयो जाँच मेरो फोन गरेर सोध्ने
आँटै छैन नत्र भने जान्थेँ एकै छिन
आज हाम्रो परीक्षाको रिजल्ट हुने दिन
मेरो रिजल्ट सोचेजस्तै राम्रो हुन्थ्यो पैले
वर्षैभरि मिहिनेत’नि गरेकै हुँ मैले
जे भए’नि डर लाग्ने कुन्नि किन–किन
आज हाम्रो परीक्षाको रिजल्ट हुने दिन।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…