राधा आचार्य
पहाडको फेदीमा
सानो मेरो गाउँ
कहिलेकाहीँ मोटर चढी
टाढा घुम्न जाऊँ।
भीर पाखा देखेको
पहाड मेरो गाउँ
देख्न मन सम्म हो
तराई घुम्न जाऊँ।
उकालो र ओरालो
पहाड मेरो गाउँ
हिँड्न मन सम्ममा
तराई घुम्न जाऊँ।
अग्ला होँचा पहाड
पहाड मेरो गाउँ
उच्च शिखर हेर्नलाई
हिमाल घुम्न जाऊँ।
ढुङ्गो माटो पहाडमा
पहाड मेरो गाउँ
हिउँले ढाक्छ शिखर
हिमाल धुम्न जाऊँ।
हिउँमा खेल खेलिन्न
पहाड मेरो गाउँ
हिउँमा खेली रमाउन
हिमाल घुम्न जाऊँ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…