खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
“किताबको किरो हुनुभन्दा कहिलेकाहीँ तासखेल्न पनि सिक्नु पर्छ,यसले जुक्ति पढ्नुका साथै साथीहरू पनि थपिन्छन्,हिँड मसँग ” गौरवले सन्तोषलाई भने। सन्तोषले जवाफ दिए,” मसँग पैसा छैन । मान्छौ भने तासमा मन नलगाउ।” गौरवले भन्यो, “म छँदैछु नि,पैसाको के को चिन्ता ।” सन्तोषको सल्लाह रह्यो, ” यस्तो काममा सहयोग गर्नु साथीको धर्म होइन । पैसा नभएकोले नजान खोजेको होइन के। कहिलेकाहीँ मेरो पनि अर्ति मान।” ऊ जङ्गियो। “उसो भए तिमीसँग के छ, मलाई बताउ त !” उत्तर दियो, “म पैसाको मात्रै होइन समय मेरो धन भएकोले यसको पनि बचत गर्न चाहन्छु , आफ्नो बाटो लाग्नु भए हुन्छ ।” केही सोच्दै आफ्नो भनाइ स्पष्ट पार्न चुनौती दियो गौरवले। सन्तोषले सम्झायो, ” हामीले समयको महत्व नचिनेर अनावश्यक काममा यसलाई खर्च गर्यौं भने उसले हामीलाई नष्ट नपार्ला त !”
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…
दुर्गा घिमिरे फुङ्ग्री उडेको धुलो, घुम्मिएको महिलो आकाश, जताततै काला बादलहरू। साना–साना नानीहरूलाई तर्साउन बिजुलीका…
गणेश आत्रेय मदनपोखरा,पाल्पा बैशाख आए नव लाग्छ साल। आनन्दको मौसम हालचाल॥ नाच्छन् खुशीले सब जीवजन्तु।…
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…