Categories: कविता

“मौरी”


देव भट्टराई

अचम्मको जीव रहेछ मौरी ।
परागको खोज गरेर दौडी ॥
सारा अरूको गरिराख्छ सेवा ।
मनुष्यले सिक्न सकेन हे बा !!

भण्डारको मालिक हैन आफू ।
छोरा न छोरी न त भाइ दाजु ॥
तथापि केका, कसका निमित्त ?
मरी-मरी भर्छ दिएर चित्त ॥

कर्तव्य दायित्व भुलेन आफ्ना ।
घटीबढी भाग चुनेन चाका ॥
सत्कर्ममा लीन सधैँ रुमानी ।
आश्चर्य लाग्दो मृदुचाल बानी ॥

ती फूलरानी कति भाग्यमानी ।
भइन् बरा ! धन्य दिई जवानी ॥
कर्तव्य दायित्व लिए सबैले ।
मनुष्यले क्यान ! भुलेछ ऐले !!

न चाहिएको छ प्रसिद्ध नाम ।
कुनै कुरा छैन सिवाय-काम ।
न पीरचिन्ता भय मृत्युदेखि ।
तल्लीन देखिन्छ अनादिदेखि ॥

साथी ! म यस्तो कहिले हुँदो हुँ ?
छोडी अहङ्कार म फैलिँदो हुँ ॥
आऊ न हामी पनि एकसाथ-
मिलौं जुटौं तोड्न सकिन्छ रात ॥

जो त्यागले प्राप्त भयो अवश्य-
त्यही सधैँनिम्ति भयो अभेद्य ॥
मेरो र मेरा भनिराख्छ मान्छे ।
अहम् कमाएर गलेन मान्छे ॥

सारथि बाल पत्रिका

Recent Posts

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago

“चोके दादा”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर,६ दोलखा गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज…

3 days ago

सजायाँ

शान्ता तिम्सिना भक्तपुर "के भयो बाबू ! किन यसरी बसेको ? " आमाले सोधिन् ।…

3 days ago

लालबहादुर भुजेल असार महिना भागेछ बुढाे साउन लागेछ, साउने सक्रान्ति चाड हाे परम्परालाई आड हाे…

4 days ago

अपनत्व

  रोजिना घिमिरे पूर्णिमाको यो रात, आकाशमा एउटा पूर्ण चन्द्रमा छ र मेरो अगाडि एउटा…

4 days ago