Categories: कविता

“मौरी”


देव भट्टराई

अचम्मको जीव रहेछ मौरी ।
परागको खोज गरेर दौडी ॥
सारा अरूको गरिराख्छ सेवा ।
मनुष्यले सिक्न सकेन हे बा !!

भण्डारको मालिक हैन आफू ।
छोरा न छोरी न त भाइ दाजु ॥
तथापि केका, कसका निमित्त ?
मरी-मरी भर्छ दिएर चित्त ॥

कर्तव्य दायित्व भुलेन आफ्ना ।
घटीबढी भाग चुनेन चाका ॥
सत्कर्ममा लीन सधैँ रुमानी ।
आश्चर्य लाग्दो मृदुचाल बानी ॥

ती फूलरानी कति भाग्यमानी ।
भइन् बरा ! धन्य दिई जवानी ॥
कर्तव्य दायित्व लिए सबैले ।
मनुष्यले क्यान ! भुलेछ ऐले !!

न चाहिएको छ प्रसिद्ध नाम ।
कुनै कुरा छैन सिवाय-काम ।
न पीरचिन्ता भय मृत्युदेखि ।
तल्लीन देखिन्छ अनादिदेखि ॥

साथी ! म यस्तो कहिले हुँदो हुँ ?
छोडी अहङ्कार म फैलिँदो हुँ ॥
आऊ न हामी पनि एकसाथ-
मिलौं जुटौं तोड्न सकिन्छ रात ॥

जो त्यागले प्राप्त भयो अवश्य-
त्यही सधैँनिम्ति भयो अभेद्य ॥
मेरो र मेरा भनिराख्छ मान्छे ।
अहम् कमाएर गलेन मान्छे ॥

सारथि बाल पत्रिका

Recent Posts

अपेक्षाको कसिमा देश

रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…

11 hours ago

“प्रियाको गन्थन्”

मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…

11 hours ago

गुरु

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…

12 hours ago

सङ्गत

सुमन कडरिया चितवन "मेरो विगत र वर्तमान, जमिन आसमानको फरक !" आफ्नै कोठामा आराम गरिरहेको…

1 day ago

“श्रम गरौँ”

वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…

1 day ago

“ज्ञानी बन”

धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…

1 day ago