दुर्गा घिमिरे

“हेर न हेर दीपा त सधैँ घरकै रोटी-सब्जी बोकेर आउँछे। कस्ती पाखे ! कहिल्यै पसलको खाजा खाँदिन,” नम्रताले ओठ लेप्य्र्याउँदै भनी।
छेवैकी अर्की साथीले थपिन्, “हो त नि ! आफू त सधैँ क्यान्टिन र पसलकै चाउमिन, समोसा खाने हो। कस्तो स्वादिलो हुन्छ ! त्यो दीपालाई के थाहा बाहिरको स्वाद ? उल्टै हामीलाई नै स्वस्थ खाना खानुपर्छ भन्दै उपदेश दिन्छे।”​ दीपा उनीहरूका कुरा सुनेर मुसुक्क हाँस्सी मात्र, केही बोलिन।
केही महिनापछि, एकदिन विद्यालयमै नम्रताको पेट अचानक असाध्यै दुख्न थाल्यो। उनलाई तुरुन्तै अस्पताल पुर्याइयो। भिडियो एक्सरे र विभिन्न परीक्षणपछि डाक्टरले भने, “धेरै बाहिरको अस्वस्थकर र बजारिया तेलमा तारेको खानेकुरा खाएकाले आन्द्रामा सङ्क्रमण देखिएको छ। अबदेखि बजारको खानेकुरा पूर्ण रूपमा बन्द गर्नू।”
अस्पतालको बेडमा छटपटाइरहँदा नम्रताको आँखा अगाडि दीपाको उही उज्यालो अनुहार र घरको सफा खाजा झल्झली आयो। उनलाई आफ्नै अज्ञानतामाथि ग्लानि भयो।
निको भएर विद्यालय फर्किएकै दिन नम्रता सिधै दीपाकहाँ गइन् र भनिन्, “मलाई माफ गरिदेऊ दीपा, तिम्रो सही बानीलाई मैले गिज्याएकी थिएँ। अबदेखि म पनि कहिल्यै पसलको पत्रु खाना (जङ्क फुड) खाने छैन।”
दीपाले नम्रताको हात समात्दै भनी, “माफ माग्नुपर्दैन साथी, तिमीले स्वास्थ्यको महत्त्व बुझ्यौ, त्यही नै ठुलो कुरा हो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“नियति”

रबिता महर्जन खोकना, ललितपुर व्यायाम भन्दै धेरै पटक एउटै बाटो ओहोर दोहोर गरिसकेपछि मात्रै दुर्योधनको…

16 hours ago

विश्वास

टीकाराम जोशी इमाडोल "मेरो छोरा बाह्र वर्षमा टेक्यो। अहिलेसम्म हिसाब गर्न जानेको छैन। यी भुराहरूलाई…

16 hours ago

माटो

सोम कुमार सुब्बा लिङ्दोक,पूर्व सिक्किम एकाएक उसको नजर फर्सीको झाङमा पुग्यो। त्यहाँ फूलहरु पहेँलै थिए।…

2 days ago

बाँदर

राज कुमार कार्की "बाँदर आतंक बन्द गर भनेर सरकारसँग गुहार लगाउन थाले नि संसदमा हजुर।"…

2 days ago

पठन संस्कृति

दुर्गा घिमिरे जिल्लाको एउटा ठुलो साहित्यिक संस्थाले सहरको भव्य हलमा 'पठन संस्कृति र यसका चुनौती'…

2 days ago

“सम्झना”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "रोल नम्बर उनन्तीस, यस मिस, रोल नम्बर तीस…

3 days ago