सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

एकाएक उसको नजर फर्सीको झाङमा पुग्यो। त्यहाँ फूलहरु पहेँलै थिए। उसले झट्ट आफ्नो श्रीमतीको पहेँलो ढुंग्री सम्झ्यो, जुन छोरोलाई पढाउदा बेच्न बाध्य भएको थियो।
सब्जी गोर्दै गरेको उसको हात लल्याकलुलुक गल्यो। ऊ दुःखी भयो। लामो सुस्केरा छोड्दै नजर घुमायो। वरिपरि झुलेका सब्जीहरुले बिना आवाज उसलाई आश्वासन दिए – “किन हरेस खान्छस्, हामी छौँ त।”
ऊ पुनः उत्साहित बन्यो। सब्जी बेचेर श्रीमतीको ढुंग्री किन्ने अठोट गर्यो। हातहरु आफैँआफ काममा लागे।
त्यसताकै पछाडिबाट कसैले बोलायो – “बा!”
उसले झस्केर हेर्यो, छोरो उभिएको थियो। उसले हालखबर सोध्न अघिनै छोरोले भन्यो- “आ बा,कति दुःख गर्नुहुन्छ ? जाँउ मसँग सहर।” “अनि यो जमिन !” ऊ तर्स्यो। “बेची दिनोस्।” छोरोले सहजै भन्यो।
बा बोलेनन्, झार उखेली रहे। छोरोले पुनः थप्यो – “यो जमानामा सबैभन्दा ठूलो पैसा हो, जमिन भएर के गर्नु बा ?”
प्रश्नोत्तर दिन नपाइ त्यहाँ एक खरिददार आयो। बाले सब्जी बेचे। बेचेको पैसा छोरालाई दिँदै भने – “छोरा,मैले यो जमिनबाट पैसा बनाए,तिमी यो पैसालाई माटो बनाएर देखाउ त।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

3 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

4 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago