टीकाराम जाेशी
टीकापुर

बाटाेमा भिड देखेर म एकछिन त्यहाँ राेकिएकाे थिएँ। जिउमा मैला लुगा लगाएकाे र हातमा सिमेन्टकाे खाली बाेरा बाेक्नेलाइ देखेपछि ‘खाते ‘सम्झिनेहरुमध्ये केहीले डायरीमा नाेट गर्दै त केहीले माेबाइलमा दृष्याङ्कन गर्दै त्यस केटासँग साेधपुछ गरि रहेका थिए। सम्भवतः ऊ तेह्र पुगेकाे थियो हाेला।
वरिपरिकाे निष्ठुर वातावरणसँग लड्ने, विभिन्न तह तप्काका मानिसहरुसँग कुराकानी गर्न सक्ने, जीवनलाई नजिकबाट बुझ्ने अनुभवले ऊ परिपक्व भै सकेकाे भान हुन्थ्यो। ऊ बारम्बार भनिरहेको थियो, “म काम गर्छु। मलाई काम गर्न दिनाेस्। मलाई अघिल्लो पटक पनि यसैगरी जबर्जस्ती लगेर त्यहाँ चारपाँच दिन राखे , पछि छाडिदिए। त्यहाँ मेराे भविष्य बन्दैन। मलाई काम गर्न दिनाेस्।”
त्यस केटासँग तर्क गर्न सक्ने क्षमता उनीहरुकाे कहाँबाट पुग्थ्यो।
पढाई गर्ने भनेर आधा उमेर बिताएर बडाे मुश्किलले काम पाएका उनीहरु भर्खर मात्रै वास्तविक जीवनकाे अनुभव बटुल्दै थिए । असफल उनीहरु अर्काे खातेकाे खाेजीमा हिँडेका थिए।
म पनि त्यहाँबाट हिँडे।
मनमा प्रश्न खेलाउँदै, “खाते काे रहेछ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

14 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

15 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago