Categories: बाल कथा

जन्मदिन!

सुरेशकुमार पाण्डे
दाङ घोराही

आमा आज म अल्लमल्ल परेकोछु। – मैले आमासँग निरास हुँदै भने। किन र छोरा? के बिषयमा अल्लमल्ल परेको तिमी?-आमाले मेरो सिरमा हात राखेर कपाल सम्समाउँदै बुझ्नखोज्न्नु भयो। हिजो देखि मेरो मुहार पुस्तिकाको टाइमलाइनमा धेरैले बधाई लेखेका छन्। त्यही भएर म अल्लमल्लमा परेको छ।-मैले फेरि पनि निरास प्रकट गरेँ। केको बधाई दिएकाछन् तिमीलाई लेखेका छैनन् बधाई दिनेहरूले ?-आमा आश्चार्य हुँदै मैसँग प्रश्न गर्नुभयो। म यो धर्तिमा आएको छ दशक भयो भन्नुहुन्छ । तर म जन्मिएको दिन टुङ्गो अँझै लागेको छैन।-मैले आमासँग नै प्रतिप्रश्न गरेँ। कस्तो कुरा नबुझेको तिमीले हँ ?कतिपटक भने “पाँग्रे गोरू र तँ सँगसगैका हौ” भनेको होइन मैले ?-आमाले मलाई हकार्दै भन्नुभयो। आमा कम्तिमा यती भन्दिनुहोस् त्यो पाँग्रे गोरू कुनदिन जन्मिएको हो ?-म पनि अलि चर्को सैलीमा बोलेँ। “सुन! हाम्रो नानीको कान्छी छोरी र तँ छ दिनले जेठा कान्छ छौँ। तँ भन्दा दुईदिन जेठो पाँग्रेगोरू हो। त्यो हिसाबले तँ मंसिरको १३ गते जन्मिएको होस्।-आमाले प्रष्ट पार्दै भन्नुभयो। होर आमा ? फेरि त्यो नागरिकतामा तीस गते किन लेखेकाछन् त?-त्यसबारे मलाई थाहाछैन। तेरो जन्मदिन मंसिरको तेह्रगते हो।-आमाले भन्नुभयो। होर आज मेरो जन्मदिनहो? म झस्किँदै उठेर बिस्तरामा बसेँ नजिकै भित्ताबाट आमाले टुलुटुलु मैतिर हेरिरहनु भएको थियो। जुरूक्कै उठेँ र आमाको तस्विरमा ढोग गरेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago