राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
मेरी आमाले पहिलो पटक जुन ठाउँमा टेकाईन
पालनपोषण गरि हुर्काई,बढाई र खेलाईन
त्यही नै हाे मेरो लागि अमूल्य प्याराे माटो।।
बा ले हकाइ हकाइ,आमाले फकाई फकाई
जुन पाखा पखेरू तिर हिडाएका थिए,
त्यही ठाउँ नै हाे मेरो लागि प्यारो माटो।।
बालपन छँदा दिदी दाजु साथैआफन्तहरू
अनि दौतेरी साथीभाइसँग जुन धुलाेमा
साँझ बिहान रम्दै खेले त्यही नै मेरो प्यारो माटो।।
पिठ्युँमा भारी बाेकी,खाेकीलामा च्यापी
जुन खेतबारीमा मलाई राखी आमाबाबुले
अनाज फलायाे त्यही नै मेरो लागि प्यारो माटो।।
कापीकलम समाई जुन आगनीमा लेखपढ गरे
शिक्षाको उज्यालो दियोहरू देख्न पाएँ
त्याे ठाउँ त्यही गाउँ नै मेरो प्यारो माटो।।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…