Categories: कविता

“खीर खाएँ मैले”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

असारकाे पन्ध्र पारी दही च्यूरा खायाैँ
साउनकाे पन्ध्र आज खीरतिर लायाैँ।

भदाै पन्ध्र मकै पाेली खानु पर्छ आफै
पुस पन्ध्र घिउ खट्टे खानु पर्छ राजै ।

माघ पन्ध्र मालपुवा खानु पर्छ नानी
फलफूल सागसब्जी खाने राम्रो बानी।

सानिमाले भन्नुभयाे कैले के के खाने
गाउँघरे चल्ती चलन् आज मैले जानेँ ।

लैनु भैँसी घरै पाली टनाटन दूध
साउनमा खीर खाँदा हुन्छ अरे शुभ ।

दूधसित चामलमा घिउ चिनी राखी
खीर मिठाे पकाउन थाल्नुभयाे काकी ।

नरिवल जाइफल छाेडा अलिकति
काजु पेस्ता मिलाएकाे खीर मिठाे अति ।

साबुदाना सेवइ र मकै गाजरकाे
बन्छ भन्ने पनि सुनेँ खीर निकै मिठाे।

थपी थपी चाटी चाटी खीर खाएँ मैले
खीर दिवस् खीर खान भुल्ने छैन कैले ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

7 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

7 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

7 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago