Categories: बाल कथा

“मित्रता”

राजन कार्की ( पाजु)
धरान १३ सुनसरी

आमोद र विनोद अत्यन्तै मिल्ने साथी । एउटाको काम पर्दा दुबै सँगै जुट्थे। एउटालाई चोट लाग्दा अर्कोलाई पिडा हुन्थ्यो। गाउँ घरमा मित्र तथा मित्रता को कुरा चल्दा आमोद विनोदको उपमा लिने गर्दथे सवै ।
आज वस्तु बाख्रालाई घाँस लिन दुबै जंगल पुगे । बिच जंगलमा पुगेपछि अकस्मात् अगाडि भालुसँग जम्काभेट भयो। उनीहरु दुबै हत्प्रभ भए। आमोद अलि छिटो थियो, विनोदलाई छाडेर हत्तपत्त रुखमा चढ्यो। विनोदलाई पर्यो फसाद्!!!
विनोद पनि सम्हालिँदै हत्त न पत्त जमिनमा घोप्टो परेर लमतन्न भयो। यतिकैमा भालु नजिकै आयो र विनोदको पैताला देखि शिरसम्म सुँघ्यो र छोडेर गयो।
भालु गैसकेपछि आमोद रुखवाट ओर्लेर विनोदलाई उठाउँदै ठट्यौली पारामा भन्यो, ” के हो साथी; भालु कानेखुसी गर्दैथ्यो त के भनेर गयो हँ ?”
आमोदले आफुलाई ओल्चेर बोलेको विनोदलाई अलि मन परेन र भन्यो, “आपतमा सहयोग नगर्ने साथीको कहिल्यै भर नपर्नु भन्यो !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

14 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

14 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago