Categories: कविता

“पुल”

सरु शर्मा

साना साना भाइ बैनी
साउन आयो हेर
वैशाख जेठमा नभएको
पानी भयो धेर ।

खोला नाला बाढी आए
तर्न भयो गा-ह्रो
स्कूल छ खोला पारी
पढ्न भयो गा-ह्रो ।

विकासका कुरा गर्छन्
काम गर्ने होइन
खोला माथि पुल बनाऊँ
भन्दा मान्या छैन ।

वर्षा याममा खोला तर्ने
तुईन चढ्ने काम
हुन्छ सारै डर लाग्दो
यति कुरा जान ।

भवितब्य बाट बच्न
ध्यान दिऊँ अहिले
मर्म बुझौँ विकास गरौँ
पुल बनाऊँ पहिले ॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

6 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

6 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

6 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago