रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी
असारकाे पन्ध्र पारी दही च्युरा खायौं
साउनकाे खीर खान मामाघर गयाैं।
साउनकाे पन्ध्र आज मेरा बाबू नानी
भन्नुभयाे माइजूले आज खीर खानी।
आगाे फुक्न थाल्नुभयाे माइजूले उता
म नि बसें भान्सा छेउ फुकालेर जुता।
बाल्टी बाेकी गाेठतिर जानुभयाे मामा
भकारीकाे मार्सी चामल् झिक्नुभयाे आमा।
भकाराेकाे लैनु भैंसी दूध दियाे पाथी
सबै मिली खीर खाँदा हाेला कति जाती।
कुँडे ल्याऊ नानी यता भन्नुभयाे मामा
पकाउछु खीर अब भन्नुभयाे आमा।
काजु छाेडा नरिवल चिनी मिलाएर
राख्नुभयाे घिउ आमा हर्पे खनाएर।
छट् छट् गर्दै पाक्न थाल्याे अँगेनीमा खीर
ध्यान गयाे माइजूकाे अब अचार् तिर।
काँकरीकाे अचार अनि तामा तरकारी
खीर खायौं मामाघर साउन् पन्ध्र पारी।
स्कुलकाे बर्खे विदा गर्नुभयाे के के ?
साउन् पन्ध्र खीर खाने कुरा मैले लेखें।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…