Categories: बाल कथा

“संस्कार”

गणेश कुमार श्रेष्ठ
हेटाैडा-४ चिल्ड्रेनपार्क

शनिवारकाे दिन चिल्ड्रेनपार्क घुम्न आउनेकाे भिड थियाे। धेरै अभिभावकहरू आफ्ना बालवच्चा सहित आएका थिए । चिप्लेटी, पिङ, राेटे पिङ, ढिकिच्याउ आदि खेल्न खेलाउन व्यस्त देखिन्थे । जगत घरकाे बार्दलीमा बसेर रमिता हेरि रहेकाे थियाे ।


भिडमा युगल जाेडीहरू पनि देखिन्थे । पार्कमा प्रेमी प्रेमिका आउनु स्वभाविकै हाे । एउटा जाेडी सिमेन्टेड बेन्चमा बसेर एकअर्का आलिङ्गनरत थिए। क्रमश:तिनीहरूकाे अश्लिल हर्कतले वरिपरि बस्नेलाई पचाउन असहज बन्दै थियाे। जगतलाई त्याे दृश्य देखेर असह्य भयाे र पार्कमा गयाे ।
जगतले युगल जाेडीलाई सम्बोधन गर्याे- “के हाे तिमीहरूकाे पारा ? के गरि रहेछाै? सरम भन्ने चिज छैन?” एकै सासमा भन्याे।
केटाले जवाफ फर्कायाे – ” पार्कमा बस्न पनि नहुने अन्कल? हामी प्रेमी प्रेमिका हाैँ। यसाे रिल्याक्स गर्न पनि नहुने ?”
जगत- “हुन्छ । पार्कमा सबै आउनु हुन्छ। तर तिमीहरूकाे खुलेआम अश्लिल हर्कत पाच्य भएन । त्यसैले सम्झाउन आएकाे छु।”
केटीले मुख लुकाउँद‌ै भनी- “हस अन्कल हामी जान्छाैँ ।” प्रेमीलाई जाउ भनी तान्न थालिन ।
जगतले भन्याे-” नानी तिमीहरू उमेर हेर्दा यस्ताे क्रियाकलाप गर्ने बेला हाेईन। जीवन बर्वाद हाेला हाेस गर।”
आफ्ना छाेरा छाेरीले के गरिरहेका छन ? काे सँग कता जान्छन ? अभिभावकले बेलैमा चनाखाे नभए पछि पछुतायर के फाईदा ?
बालबालिकाहरूमा सुसंस्कार सिकाउने दायित्व परिवार कै हाे। संस्कार हिनता कसले रूचाउछ र ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

23 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago