Categories: बाल कथा

“खीर”

अन्जु शर्मा
रातोपुल

” आमा ! आज त हामी पनि खीर खाने ल”।
मुखियाको धान रोपाइँको मेलोबाट निथ्रुक्क भिजेको शरीर। त्यसमा पनि छ महिनाकी दोजिया। चार महिना देखि पति वियोगको पीडाले अक्रान्त लछ्छीलाई दुई छाकको गर्जो टार्न महाभारत थियो । उसले बिना सम्झेँबुझे छोरीलाई नमीठो गाली गरिन्।


” मुखियाको घरमा त श्रावण १५ खीर खाने दिन भनेर सबै भेला भएर खाँदै थिए। तिमी भने कहिले खीर नपकाउने।”छोरी डाको छोडेर रूँदै घर बाहिर निक्लि।
लछ्छीलाई खीर शब्द तीर झैं भयो । उनले मनमनै कुरा खेलाइन्”पहिले पनि श्रावण १५ आउथ्यो ,हुनेले खीर खान्थे,नहुनेले खान्न थे। यतिबिधि हल्ला त हुन्न थियोे नि! अहिले त फेसबुक,पत्रपत्रिका आदि सबैतिर खीरको चर्चा छ।स्कुल ,कलेज ,संघ संस्था खीर खाने दिनको उत्सव मनाउछन्। यस्ता कुराले चुलो बाल्न नसक्ने गरिबलाई कति असर परेको छ भन्ने कुरा यी धनीहरूलाई के थाहा ??
” समानताको उर्दी फुक्दै हिड्ने सरकार अनावश्यक चाडपर्वका कारण वर्गीय खाडल बढ्दै गएको पटक्कै नदेख्ने रहेछ।छोराछोरीका आँसु पुछ्न फेरि साहुकोमा हात पसार्नै पर्यो। अनि साहुको मिटर ब्याज…!! मलाई त यी चाडपर्व देखि टाढा भागु झैं भएको छ। पटुकाको फेरले लछ्छीले आँसु पुछिन्। अनि छोरीलाई काखमा राखेर संझाइन -” नानी ! तिम्रो बाबाको बर्ष दिनको काममा हामी पनि अगाँउजी खीर खाने ल “।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago